हेर्नुस ३ पोस्टरमा “लम्फू”
screennepal
प्रकाशित: २०७४, ११ फाल्गुन शुक्रबार
no img

स्क्रिननेपाल डटकम :
आउँदो बैशाख २८ गतेलाई प्रदर्शन मिति तय गरिएको चलचित्र “लम्फू” को अफिसियल ३ पोस्टर सार्वजनिक भएको छ । निर्माण टिमले फरक-फरक प्रकृतीका तीन पोस्टर एकसाथ सार्वजनिक गरेको हो । जहाँ लिड कलाकारहरु अटेका छन् ।

सार्वजनिक चलचित्रको तीनवटै पोस्टरमा नवनायक कबिर खड्का अटाएका छन् । एक पोस्टरमा कबिर एक्लै देखिएका छन् । अन्य दुई पोस्टरमा भने कबिरको साथमा अन्य कलाकारहरु छन् । अर्को पोस्टरमा तरकारीवालीको नामले संसारभर भाईरल बनेकी कुशुम श्रेष्ठ पनि छिन् । कुशुमले हातमा सेतो गुलाबको फुल लिएकी छन् । उनिसँगै नायिकाद्वय मरिस्का पोखरेल र चाँदनी शर्मा साथै अभिनेता सलोन बस्नेत पोस्टरमा देखिन्छन् ।

यस्तै चलचित्रको तेश्रो पोस्टरमा भने तीन अभिनेताहरु मात्र छन् । कबिरको साथमा सलोन र संचित भण्डारी रहेका छन् । चलचित्रले एक युवाको जीवनमा आईपर्ने अकल्पनिय घटनाहरु प्रस्तुत गर्छ । यो चलचित्र समय र परिस्थितिले मानिसलाई नायक र खलनायक दुवै बनाउँछ भन्ने कथामा बनेको निर्देशक गोपालचन्द्र लामिछानेले बताएका छन् ।

चलचित्रको यस अघि नै अर्जुन पोखरेलको संगीत रहेका चार गीतको अडियो भर्सनमा एकसाथ सार्वजनिक भईसकेको छ । “लम्फू” लाई पपुलर मल्टिमिडियाको लागि शक्तिबल्दब घोरासैनीले बनाएका हुन् । यो चलचित्रमा भूपतिको लेखन रहेको छ । दिपक बज्राचार्यको छायांकन रहेको यस चलचित्रमा अष्ट महर्जनको द्वन्द्व, रामजी लामिछाने र शिव बि.कको नृत्य निर्देशन रहेको छ । चलचित्रमा बालकलाकार कुशाग्र भट्टराईको पनि अभिनय रहेको छ ।

Comments