अन्ततः बैशाख ७ मा ऋचाको “सुपर गोर्खे”
screennepal
प्रकाशित: २०७४, ११ फाल्गुन शुक्रबार
no img

स्क्रिननेपाल डटकम :
नेपाली चलचित्र तोकिएको रिलिज मितिबाट पछाडी सर्नु आजको दिनमा कुनै नौलो कुरा होइन । तर एक पटक मात्र होइन पटक पटक प्रदर्शन मिति सर्दा भने दर्शकहरुलाई पनि चलचित्रको बिषयमा अन्योलता हुन्छ । यस्तै अन्योलताको चपेटामा परेको छ चलचित्र “सुपर गोर्खे” । नामले नै अलिक फरक सुनिने यो चलचित्र मंसिर अन्तिम साता रिलिज हुने भनियो तर फेरी पुसमा पुर्याइयो । तर अब चलचित्र बैशाख ७ गते मात्रै प्रदर्शन हुने भएको छ ।

निर्माण पक्षको अनुसार प्राविधिक कारणले गर्दा चलचित्रको यस वर्षको प्रदर्शन मिति रोकिएको थियो । आगामी बैशाख ७ लाई भने फिल्मको अफिसियल प्रदर्शन मिति लक गरिएको अभिनेत्री तथा निर्मात्री ऋचा सिंह ठकुरीले बताइन् । नेपाल सँगै अष्ट्रेलियामा पनि सुपर गोर्खे लाग्ने मिति तय भएको ऋचाले बताइन् । त्यहाँ रहेका नेपाली माझ अप्रिल ८ तारिखमा चलचित्र देखाइने ऋचाको भनाई छ ।

किरण माइकलको लेखन, राज थापाको कथा रहेको “सुपर गोर्खे” लाई सौरभ लामाले खिचेका हुन् । चन्द्र पन्तको द्धन्द्ध निर्देशन तथा तारा प्रकाश लिम्बु र शालिक दुलालको संगीत चलचित्रमा छ । अविर हाउस प्रोडक्सन प्रा.लिको प्रस्तुती रहेको सुपर गोर्खे लाई राज थापाले निर्देशन गरेका हुन् । फिल्ममा ऋचा सहित सुरजसिंह ठकुरी, निराजन लुईंटेल, भुपेन्द्र खत्री लगायत कलाकारहरुको अभिनय रहेको छ ।

Comments