बैशाख १४ मा “कोहलपुर एक्प्रेस” : दोस्रो गीत बन्यो यस्तो
screennepal
प्रकाशित: २०७४, ११ फाल्गुन शुक्रबार
no img

स्क्रिननेपाल डटकम :
बैशाख १४ गतेलाई प्रदर्शन मिति पक्का गरेको चलचित्र “कोहलपुर एक्प्रेस” को दोस्रो गीत सार्वजनिक भएको छ । सार्वजनिक “अब मनसँग मन” बोलको गीत रोमान्टिक भर्सनमा रहेको छ । गीतमा अर्जुन पोखरेलको शब्द संगीत र सुगम पोखरेल र अन्जु पन्तको स्वर समावेश रहेको छ । गीतको भिडियोमा नायिका केकी अधिकारी र नायक विनोद न्यौपानेलाई फिचरिङ गरिएको छ ।

चलचित्रमा केकी अधिकारी, बिनोद न्यौपाने, ऋचा शर्मा, प्रियंका कार्की, बुद्धि तामाङ, रविन्द्र झा, कुशाग्र भट्टराई लगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रको लेखन तथा निर्देशन बिशाल भण्डारीले गरेका हुन् ।

यस्तै चलचित्रमा अर्जुन तिवारीको छायांकन, लोकेश बज्राचार्यको सम्पादन र गम्भीर बिष्टको नृत्य निर्देशन रहेको छ । चलचित्रमा केकी अधिकारी, भद्र बहादुर शाही, देवीलाल न्यौपाने (पण्डित) र शिव प्रसाद चौलागाईंको लगानी रहेको छ ।

हेर्नुस भिडियो :

Comments