‘भ्यालेन्टाइन–डे’ डान्स पार्टीमा गोलीहानी ७ को हत्या !
screennepal
प्रकाशित: २०७४, ५ फाल्गुन शनिबार
no img

मेक्सीको सिटी, ५ फागुन । मेक्सीकोको दक्षिणी सहरमा प्रेम दिवश अर्थात ‘भ्यालेन्टाइन–डे’ मनाइरहेको समारोहमा एकजना बन्दुकधारीले गोली चलाउँदा ७ जनाको मृत्यु भएको छ ।
स्थानीय समयानुसार बिहीबार अपरान्ह् साढे १ बजेतिर हत्याकाण्ड भएको स्थानीय अधिकारीले जनाएको छ । दक्षिणी ओक्साका राज्यमा स्थानीय नगरप्रमुख राफैल मेल्चोर रुइजको पारिवारिक सदस्यहरुसहित सान जुआन लाचिगाल्ला समुदायले ‘भ्यालेन्टाइन–डे’ मनाइरहेका बेला घटना भएको डेली एक्सेल्सीओरले जनाएको छ ।
नगर प्रमुखका बुवा, छोरा र अन्य नातेदारहरु पनि मारिनेमा परेका पनि उक्त पत्रिकाले समाचारमा उल्लेख गरेको छ । यो रमाइलो कार्यक्रम सहरको मुख्य ठाँउमा गरिएको थियो । त्यस ‘डान्स पाटी’ मा के कसरी गोली चल्यो भन्ने बारेमा भने केही बताइएको छैन ।
परम्परागत रुपमा खेतीपातीमा संलग्न हुदै आएका सान जुआन लाचिगाल्ला समुदाय प्रादेशिक राजधानी ओक्साका देखि ९० किलोमिटर पर बसोबास गर्दै आएको छ । उक्त क्षेत्रमा उनीहरुको करिब तीन हजार तीन सयको संख्यामा घर परिवार रहेको बताइएको छ । एजेन्सी

Comments