‘त्यो रातपछि’ विजय ‘लाजै नमानी’ भीमफेदीसँग देखिए (भिडियोसहित)
screennepal
प्रकाशित: २०७४, ४ फाल्गुन शुक्रबार
no img

काठमाडौं, ४ फागुन । गायक विजय राई ‘त्यो रातपछि.’ फेरि देखिएका छन् । ‘त्यो रातपछि’ एकाएक हराएका विजय करिब पाँच वर्षपछि ‘लाजै नमानी’ दर्शक तथा श्रोतामाझ ल्याएका हुन् ।
हो, विजयले आफ्नो नयाँ गीतको भिडियो सार्वजनिक गरेका छन् । जुन गीतको बोल ‘लाजै नमानी’ हो । गीतकार ललिता कुवँरको शब्दरचना रहेको यस गीतलाई राहुल प्रधानले संगीत गरेका हुन् ।


डान्सिङ नम्बरको यस गीतको भिडियोमा पछिल्लो समय चर्चामा रहेको डान्स गु्रप ‘भीमफेदी गाइज’लाई फिचरिङ गरिएको छ । भिडियोमा भीमफेदी गाइज’सँगै सन्ध्या भट्टराई फिचरिङ छिन् । सन्ध्यालाई भिडियोमा निकै ग्ल्यामरस देखिएकी छन् ।
संगीतकार प्रधानले नै निर्देशन गरेको यस भिडियोलाई कथानक रुप दिएको छ । गीतको भावलाई टपक्क टिप्दै निर्देशक प्रधानले ग्ल्यार्मता पस्कने प्रयास गरेका छन् । नृत्य कोरियोग्राफी भने भीमफेदी गाइजकै निर्मल तामाङले गरेका छन् ।
यसअघि लोकपप तथा आधुनिक गीत गाउँदै आएका विजयले यसपटकले भने पूर्ण रुपमा डान्सिङ नम्बर गाएका छन् । गीतकार कुवँले पनि पहिलोपटक डान्सिङ शैलीलाई अपनाएर गीत तयार पारेको सु्नाइन् । यो पछिल्लो समय चलेको टे«ण्ड पनि हो । भिडियो सार्वजनिक गर्दै विजयले भने, ‘यो मेरो प्रयास हो, यो गीतलाई अहिलेको ट्रेण्डअनुसार गाएको हुँ ।’ यस गीतबाट आशावादी रहेको पनि उनले बताए ।

गादाबारीमा छायांकन गरिएको यस भिडियोका लागि निकै मिहिनेत गरिएको छ । लामो अन्तरालपछि दर्शक तथा श्रोतामाझ आएको स्तरिय गीत तथा भिडियो दिने प्रयास गरेको विजयले बताए । यस भिडियोमा क्यामेरा चक्र महर्जन, ड्रोन मेघराज र सम्पादन विकास ज्ञवालीको रहेको छ ।

Comments