हेल्लोमा गुञ्जिइन् ‘मेलोडी क्वीन’ अञ्जु पन्त (फोटो फिचरसहित)
screennepal
प्रकाशित: २०७४, ३ फाल्गुन बिहीबार
no img

– तस्बिर : हरि गोपाल प्रधान
काठमाडौं, ३ फागुन । ‘जिन्दगी यो फुलै फुलको हुँदैन’ स्टेज चढ्नेवित्तिकै चर्चित गायिका अञ्जु पन्तले यही गीत गाइन् । जुन गीतले एकाएक उपस्थित अतिथि तथा दर्शक वर्गमा मौनता छायो । अञ्जुले ‘भ्यालेनटाइन–डे’ को शुभकामना व्यक्त गरेपछि भने दर्शकले आफूहरु पे्रममा डुबेको महशुस गरे ।

हो, गायिका अञ्जु ‘भ्यालेनटाइन–डे’को साँझ बागबजारस्थित साया हेल्लो क्याफे गजलबारमा एकल साँझमा प्रस्तुत भइन् । प्रेम दिवश अर्थात ‘भ्यालेनटाइ’ परेकाले अञ्जुले आफ्ना प्रेमिल गीतहरु बढी सुनाइन् । ‘भन्छु आज मनका कुरा’, ‘तिमी रोएको पल’, ‘म यस्तो गीत गाउँछु’ जस्ता आफ्ना चर्चित गीत प्रस्तुत गर्दा माहोल प्रेममय बनेको थियो ।

‘मेलोडी क्वीन अञ्जु पन्त साँझ–२०७४’ नाम दिइएको उक्त प्रेमिल साँझमा अञ्जुले आफ्ना चर्चित दुई दर्जनभन्दा बढी गीत सुनाइन् । उनले कार्यक्रममा अन्त्यमा हिन्दी गीत पनि सुनाइन् ।

द हाइल्याण्ड आर्टकी प्रोपाइटर तथा फेसन डिजाइनर कल्पना योङहाङले तयार गरेको ढाका कन्ट्रास्ट पहिरनमा अञ्जु धपक्क खुलेकी थिइन् । उपस्थित दर्शक तथा अथितिले अञ्जुको स्वरको मात्र नभएर रुपको समेत तारिफ गरे ।

यो अञ्जु पन्तको दोस्रो एकल साँझ हो । यसअघि उनी नेपाल प्रज्ञा प्रतिष्ठानमा प्रस्तुत भएकी थिइन् । गलजबारमा प्रस्तुत भएको भने यो पहिलोपटक हो । गजलबारका सञ्चालक रुल्झ गुरुङले आगामी दिनमा पनि आफ्नो गजलबारमा चर्चित कलाकारलाई प्रस्तुत गर्दै जाने बताए ।

कार्यक्रम सञ्चारकर्मी दिपज्योती थापाले सञ्चान गरेकी थिइन् ।

 

 

Comments