बंगाली गायिका सुस्मिताको गीतमा नारायण–तान्जिन (भिडियो)
screennepal
प्रकाशित: २०७४, ३ फाल्गुन बिहीबार
no img

काठमाडौं, ३ फागुन । नेपाली गीतसंगीतमा चर्चा कमाएका मोडल एवं निर्देशक नारायण ढकाल यतिखेर अन्तर्राष्ट्रिय बजारमा आफूलाई स्थापित गर्ने सोचमा छन् । उनीद्वारा अभिनित बंगलादेशी गीतको म्यूजिक भिडियो भ्यालेन्टाइन डेकै दिन सार्वजनिक भएको छ ।
बंगलादेशबाट नेपाली मोडल र नेपाली पर्यटकीय क्षेत्रलाई कैद गरेर निर्माण गरिएको म्यूजिक भिडियो ‘तोमर आकाश’ मा नारायण ढकालको साथमा बंगलादेशकै मोडल तान्जिन तिसाले अभिनय गरेकी छन् । यस म्यूजिक भिडियोलाई बंगलादेशकै निर्देशक तनिम रहमान आङ्शुले निर्देशन गरेका हुन् ।
बंगलादेशकै चर्चित गायिका सुस्मिता अनिशको स्वरमा रहेको तमोर आकाशलाई सोहेल अर्मनले लेखेका हुन् । संगीत निर्देशक अदितको संगीत रहेको यस गीतको म्यूजिक भिडियोलाई अर्फूज्जामनले छायाँकन गरेका हुन् भने वाम्मी रहमानले सम्पादन गरेका हुन् । यस गीतको म्यूजिक भिडियो र कलाकार छनोटका लागि नेपालबाट चित्रकार एवं गायक ज्योतिप्रकाशले संयोजन गरेका थिए ।

Comments