केकीलाई पाउन हात हेराउदै हिड्दै राजाराम
screennepal
प्रकाशित: २०७४, २ फाल्गुन बुधबार
no img

स्क्रिननेपाल डटकम :
फाल्गुन २५ गते देखि प्रदर्शनमा आउन लागेको चलचित्र हो “हुर्रे” । कमेडी जनरामा निर्माण भएको यस चलचित्रको यति बेला ट्रेलर रिलिज भएको छ । ट्रेलरमा पनि कमेडी दृश्य राखिएको छ जसले चलचित्र हेर्न दर्शकहरुलाई उत्साहित गर्नेछ । ट्रेलर हेर्दा लाग्छ नायिका केकी अधिकारीको वरिपरी नै सबै कथा घुमेको छ ।

ट्रेलरमा केकीको पछाडी अंकित खड्का, राजाराम पौडेल, विजय बराल लगायतका पुरुष हात धोएर पछि लागेको देखिन्छ । अब केकी अन्ततः कसको हुने हो त्यसको लागि भने सिनेमा नै हेर्नु पर्ने हुन्छ । यम थापाको लेखन तथा निर्देशनमा बनेको कमेडी जनराको यस चलचित्रमा दावा शेर्पा, सोनम लामा र छिरिङ दोर्जेको लगानी रहेको छ ।

यस्तै चलचित्रमा शिव ढकालको छायांकन, चन्दन दत्तको सम्पादन, विक्रम स्वारको नृत्य निर्देशन र कालीप्रसाद बास्कोटा र राजनराज शिवाकोटीको संगीत रहेको छ । चलचित्रको नामबाट नै चलचित्र फरक तरिकाले निर्माण भएको अनुमान लगाउन सकिन्छ । फेरी कमेडी क्षेत्रका ख्याती प्राप्त कलाकारहरुको उपस्थितिले चलचित्र अझ बढी उत्सुक बनाएको छ । चलचित्रको “पशुपति” बोलको गीत केहि समय अगाडी नै रिलिज भएको थियो जसमा नायिका निता ढुंगानाको हट अवतार सहितको डान्स देख्न सकिन्छ । गीत यति बेला चर्चामा छ ।

हेर्नुस ट्रेलर :

Comments