आखिर कसरी यस्तो हालमा पुगे पुष्प ?
screennepal
प्रकाशित: २०७४, २ फाल्गुन बुधबार
no img

स्क्रिननेपाल डटकम :
फाल्गुन २५ देखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र “मंगलम” को अफिसियल ट्रेलर रिलिज गरिएको छ । माया र प्रेम अनि पारिवारिक कथामा बाधिएर चलचित्रको निर्माण गरिएको सार्वजनिक ट्रेलरले बताउछ । चलचित्रको २ गीत केहि समय अगाडी नै सार्वजनिक भईसकेको छ । सार्वजनिक चलचित्रको “पर्ख पर्ख मायालु” र “बम्पर उपहार” दुवै गीत हिट भए ।

चलचित्रले धेरै पटक रिलिज मिति फेरबदल गरिसकेको छ । तर अब भने फाल्गुन २५ नै पक्का प्रदर्शन मिति रहेको निर्माण पक्षको दाबी रहेको छ । चलचित्रमा शिल्पा पोखरेल, पुष्प खड्का, पृथ्वीराज प्रसाई, सम्राज्ञीराज्य लक्ष्मी शाह, मिथिला शर्मा, नीर शाह लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

नायिका शिल्पा पोखरेल प्रस्तुतकर्ता रहेको चलचित्रका कार्यकारी निर्माता छविराज ओझा हुन् । चलचित्रलाई नवल नेपालले निर्देशन गरेका हुन् । दिजेन्द्र शाक्य, साकार ओझा र ओम गुरुङ चलचित्रका निर्माता हुन् । यस्तै चलचित्रमा विष्णु घिमिरेको छायांकन, दिपक शर्माको संगीत र गोविन्द फुँयालको कथा रहेको छ ।

हेर्नुस ट्रेलर :

Comments