कुवेतबाट हौसिएर आइन् प्रकृति (फोटो फिचरसहित)
screennepal
प्रकाशित: २०७४, २ फाल्गुन बुधबार
no img

काठमाडौं, २ फागुन । ‘नेपाली कलाकारलाई स्वदेशमा भन्दा विदेशमा बढी माया मिल्छ’ । यो अनुभव गायिका प्रकृति थलङको हो । हुन पनि विदेशमा रहेका नेपालीकै कारण नेपाली कलाकारले विदेशको स्टेजमा कला प्रस्तुत गर्न पाउँदै आएका छन् ।


पूर्वाञ्चल सिंगिङ स्टार–२०७१’की विजेता प्रकृति पनि केही समययता देशलगायत विदेशको कार्यक्रममा व्यस्त हुँदै आएकी छन् । केही दिनअघि मात्र कुवेतमा स्टेज तताएर आएकी प्रकृतिले भनिन्, ‘कुवेतमा दर्शकबाट पाएको माया र हौसलाले मलाई थप प्रोत्साहन मिलेको छ ।’


प्रकृति नेपाल आईडल टप–४ सागर आलेसँग कुवेतमा भएको ‘चितवन धमाका–२’ मा सहभागी हुन पुगेकी थिइन् । उक्त कार्यक्रममा धमाका नै मच्चाएका प्रकृति र सागरप्रति कुवेतमा रहँदै आएकी नेपालीले अगाध माया दर्साएका थिए ।


चितवन समाज कुवेतले आयोजना गरेको सो कार्यक्रममा उनीहरुलाई सम्मान समेत गरेका थिए । आफ्नो गीतमा मोडलिङ समेत गर्दै आएकी गायिका प्रकृतिका अनुसार कार्यक्रममा सयौ दर्शक थिए । ‘कार्यक्रम त भव्य नै भयो’ प्रकृतिले भनिन्, ‘दर्शक पनि कति धेरै त्यहाँ त ।’प्रकृति र सागर गएको ९ फेब्रुअरीमा कुवेतको स्टेजमा प्रस्तुत भएका हुन् ।

Comments