जिन्दगी देखि बिरक्त मान्दै बेनिषा, संगर्षको कथामा “ब्लाईनड रक्स”
screennepal
प्रकाशित: २०७४, २ फाल्गुन बुधबार
no img

स्क्रिननेपाल डटकम :
लामो समय देखि चर्चामा रहेको चलचित्र “ब्लाईनड रक्स” अब भने प्रदर्शनमा आउने भएको छ । चलचित्रले नेपाल अगावै बिदेशमा प्रदर्शन सुरु गरेको थियो । नेपाल भन्दा बाहिर चलचित्रले राम्रो सफलता पनि हासिल गरिसकेको छ । नेपालमा भने यहि फाल्गुन १८ गते देखि चलचित्र प्रदर्शनमा आउदै छ । चलचित्रको “उड्यो मन” बोलको गीत केहि समय अगाडी नै निर्माण पक्षले सार्वजनिक गरेको थियो । गीतले राम्रो चर्चा कमायो । त्यसपछि प्रदर्शन मिति नजिकिदै गर्दा निर्माण पक्षले चलचित्रको ट्रेलर पनि केहि दिन अगाडी रिलिज गर्यो । युटुबमा चलचित्रको ट्रेलरलाई औधि प्रशंसा मिल्यो । ट्रेलरले नै धेरै दर्शकहरुलाई चलचित्र हेर्न उत्प्रेरित गरेको देखिन्छ ।

चलचित्र “ब्लाईनड रक्स” ले बिदेशको लामो यात्रा गर्यो । बिदेशमा रहनु भएका नेपाली दर्शकहरुबाट धेरै नै राम्रो प्रशंसा समेत बटुल्न चलचित्र सफल रहयो । चलचित्र “ब्लाईनड रक्स” एक बायोपिक चलचित्र हो । दृष्टिबिहीन युवति सृष्टि केसीको जीवनीमा यस चलचित्र निर्माण भएको छ । उनको जीवन संगर्षको कथा यस चलचित्रमा चित्रण गरिएको छ । नायिका बेनिषा हमालले दृष्टिबिहीन युवति सृष्टि केसीको भूमिका यस चलचित्रमा निर्वाह गरेकी छिन् । उनको अभिनयको बिदेशमा राम्रो प्रशंसा भईसकेको छ अब नेपालमा दर्शकरुको कस्तो प्रतिक्रिया आउने हो त्यो हेर्न भने बाँकी नै छ ।

चलचित्रमा बेनिशाको अलावा अर्पण थापा, गौरी मल्ल, अनिल केशरी शाह, रितेश चाम्स र बसन्त भट्ट लगाएतका कलाकारहरुको अभिनय रहेको छ । त्यसै गरि चलचित्रमा नवराज कृष्ण थापाको छायांकन र अर्जुन जिसीको सम्पादन रहेको छ । यस्तै चलचित्रको कथा यम थापा र सुमन उप्रेती मिलेर तयार गरेका हुन् । यस्तै चलचित्रको निर्देशन मिलन चाम्सले गरेका हुन् भने निर्माण निकेश लिम्बुले गरेका हुन् । यस्तै गिरीराज घिमिरे चलचित्रको मुख्य सहायक निर्देशक हुन् ।

हेर्नुस ट्रेलर :

Comments