नेपाल उद्योग संघमा कल्पना, जिम्मेवारी थपिएको उनको भनाई !
screennepal
प्रकाशित: २०७४, १ फाल्गुन मंगलवार
no img

काठमाडौं, १ फागुन । ढाकाविद् तथा फेसन डिजाइनर कल्पना योङहाङ नेपाल उद्योग संघको गरिमामय उपाध्यक्ष पदमा निर्वाचित भएकी छन् । द हाइल्याण्ड आर्ट तथा कल्पना ढाका बुटिककी प्रोपाईटर तथा समाजसेबी समेत रहेकी कल्पनाले उक्त पदमा विजयीसँगै ढाका उत्पादन तथा परिहनलाई अझ उच्च तहमा पु¥याउने बताएकी छन् ।


नेपालको राजनीति तहमा समेत आफ्नो छुट्टै पहिचान बनाएकी कल्पना करिब तीन दशक यता ढाका उत्पादन र यसलाई विश्व बजारमा प्रबद्र्धन गर्ने जमर्कोका साथ लागि परेकी छन् । काठमाडौको गोकर्णस्थित द हाईल्याण्ड आर्ट नाकक ढाका उद्योग सञ्चालन गरेर नेपाल र नेपाली उत्पादनको विश्वस्तरमा प्रवद्र्धन गर्दै आएकी कल्पना भन्छिन्,‘मेरो उद्देशइ भनेको नेपाली उत्पादनलाई विश्वबजारमा पु¥याउनु हो ।’
कल्पनाले उद्योग संघको गरिमामय उपाध्यक्ष पदमा आफू निर्वाचित भएपछि आफुले गरेको कामको कदर भएको साथै आफुमा ठुलो जिम्मेवारी आएको अनुभूति भएको बताइन् ।

 

Comments