छायांकनको तयारीमा “जाईरा”, बक्सिङ खेलाडीको अवतारमा देखिदै नम्रता
screennepal
प्रकाशित: २०७४, १ फाल्गुन मंगलवार
no img

स्क्रिननेपाल डटकम :
अहिले सम्म एक साथ पर्दामा देखिन मौका नपाएका अभिनेता अनुप बिक्रम शाही र अभिनेत्री नम्रता श्रेष्ठलाई अब एकसाथ देखिदैछन् । चलचित्र “जाईरा” ले यो जोडीलाई एकसाथ लिएर आउन लागेको हो । हो दर्शकबिन निर्माणको तयारीमा रहेको यस चलचित्रमा नम्रता र अनुपको जोडी बाधिने भएको छ । चलचित्रलाई आशुतोष राज श्रेष्ठले निर्देशन गर्दैछन् । उनको यो डेब्यु निर्देशन हो ।

चलचित्रमा नम्रता र अनुपसँगै रेमनदास श्रेष्ठ, प्रमोद अग्रहरी, सृजना रेग्मी, संगीता नापित र सम्राट मगर लगाएतका कलाकारहरुको अभिनय रहनेछ । अहिले नायिका नम्रता श्रेष्ठले चलचित्रका लागि फाइट सिकिरहेकी छन् । यसबाट नै यो अनुमान लगाउन सकिन्छ कि चलचित्रमा नम्रता नया अवतारमा देखिने भएकी छिन् । चलचित्रमा उनि बक्सिङ खेलाडीको भूमिकामा देखिने स्रोत बताउँछ ।

बाबु सुरेश श्रेष्ठको छायांकन रहने चलचित्रमा सम्राट बस्नेतको द्धन्द्ध निर्देशन रहने छ । प्रशन्न गोपाली चलचित्रका प्रमुख कार्यकारी निर्माताको रुपमा रहेका छन् । ट्रेन्ड सिटर्स प्रा.लि.को ब्यानरमा निर्माण हुन लागेको यस चलचित्रको छायांकन फागुन तेस्रो साताबाट सुरु हुँदैछ । चलचित्रको अधिकांश दृश्य काठमाडौंमा नै खिचिने निर्माता गोपालीले जानकारी दिएका छन् ।

Comments