“डमरुको डण्डीबियो” फर्स्ट लुक यस्तो
screennepal
प्रकाशित: २०७४, १ फाल्गुन मंगलवार
no img

स्क्रिननेपाल डटकम :
“पशुपतिप्रसाद” चलचित्रबाट अत्याधिक चर्चा कमाएका अभिनेता खगेन्द्र लामिछानेको नया चलचित्र यति बेला रिलिजको तयारीमा छ । चलचित्रको नाम हो “डमरुको डण्डीबियो” । यस चलचित्रको यति बेला पहिलो पोस्टर सार्वजनिक गरिएको छ । फर्स्ट लुक स्वरूप पहिलो पोस्टरमा खगेन्द्र अहिले सम्मकै भिन्दै अवतारमा देखिएका छन् । पोस्टरमा उनलाई डण्डीबियो खेल्दै गरेको देखाइएको छ । नेपालमा लोप हुँदै गएको डण्डीबियोको कथालाई फिल्ममा उतारिएको छ ।

रिलिज मिति तय नगरिएको यस चलचित्रमा खगेन्द्रका अलावा मेनुका प्रधान, अनुप बराल, वुद्धि तामाङ, लक्ष्मी बर्देवा, अंकित खड्का, नमिता घिसिङ लगायतका कलाकारहरुको अभिनय रहेको छ । समृद्धि इन्टरटेन्मेन्टको ब्यानरमा विनोद गुरुङ र सुमी श्रेष्ठ घलेको लगानीमा निर्माण भएको यो चलचित्रको ७५ प्रतिशत छायांकन लमजुङको घले गाउँमा भएको हो । यसबाट नै चलचित्र गाउँको सामाजिक परिवेशमा निर्माण भएको देखिन्छ । हिजो आज यस्तै स्थानीय कथा नै बढी दर्शकहरुले रुचाएको पाईएको छ ।

छेतेन गुरुङको निर्देशन रहेको चलचित्रको कथा कलाकार खगेन्द्र आफैंले लेखेका हुन् । प्रितम पाण्डेको सम्पादन, कालीप्रसाद बाँस्कोटाको संगीत, रिकेश गुरुङ, विद्या तिवारी र कालीको गायन रहेको चलचित्रमा हरी हुमागाइँको छायांकन रहेको छ ।

Comments