प्रचण्डले उद्घाटन गर्दै सुरु भयो “शिक्षाखबर” अनलाईन डिजिटल पत्रिका
screennepal
प्रकाशित: २०७४, २९ माघ सोमबार
no img

स्क्रिननेपाल डटकम :
पछिल्लो समय हेर्ने हो भने नेपालमा धेरै अनलाईन मिडियाहरु संचालनमा आएको देखिन्छ । तर धेरैले मनोरंजन या सामाजिक र राजनीतिको कुरालाई समेटेर समाचार सम्प्रेषण गरेको देखिन्छ । तर शिक्षाको बिषयमा भने संचार माध्यममा निकै कम चर्चा हुने गरेको देखिन्छ । नेपालको अहिलेको स्थिति हेर्ने हो भने शिक्षाको क्षेत्रमा धेरै सुधार गर्नु पर्ने छ र यसको बिषयमा सबैलाई जानकारी हुनु पनि जरुरि नै देखिन्छ । यसै कुरालाई मध्य नजर गर्दै हिजोबाट एक युवाहरुको समूहले “शिक्षाखबर” अनलाईन मिडिया संचालनमा ल्याएको छ ।

चितवनमा नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) द्वारा विधिवत रुपमा यस शिक्षा अनलाइन डिजिटल पत्रिकाको एक समारोहका विच उदघाटन गरिएको छ । हिजो देखि चितवनमा सुरु भएको चौथो मुवां थाइ तथा बृहत तेक्वान्दो प्रतियोगीताको चितवनमा उदघाटन गर्न पुग्नु भएका प्रचण्डज्युले सोहि अवसरमा शिक्षा खबर अनलाइन डिजिटल पत्रिकाको उदघाटन समेत गर्नुभएको हो ।

ठकुरी क्रिएसन प्रा.लि अन्तर्गत संचालित यस शिक्षाखबर अनलाईन डिजिटल पत्रिकाकाले शिक्षा क्षेत्रलाई विशेष प्राथमिकता दिने बताउदै पाठकलाई सत्य तथ्य समाचार दिने उदेश्यले आफुहरुले यस शिक्षाखबर अनलाईन डिजिटल पत्रिका संचालनमा ल्याएको निर्देशक दुर्लभ शाहीले बताउनु भयोे । नेपालको शिक्षाको बिषयमा सके सम्म पूर्ण जानकारी सबैमा गराउने विश्वास समेत निर्देशक शाहीले उल्लेख गर्नुभएको छ ।

लिंकको लागि यहाँ क्लिक गर्नुस : http://shikshyakhabar.com/

Comments