भ्यालेन्टाइन डे नजिक तिर्थराजले ल्याए यस्तो गीत (भिडियो सहित)
screennepal
प्रकाशित: २०७४, २७ माघ शनिबार
no img

स्क्रिननेपाल डटकम :
नया पुस्ताको नेतृत्व गर्दै नेपाली गीत संगीतमा संगर्ष गर्दै अगाडी बढिरहेका गायक तिर्थराज राईको दोस्रो गीत यति बेला सार्वजनिक भएको छ । केहि समय अगाडी “पागलै बनुकी” बोलको पहिलो गीत सार्वजनिक गरेर सफलता हासिल गरिसकेका उनले यति बेला दोस्रो प्रस्तुतिको रुपमा “बाचुन्जेली जिन्दगी” बोलको गीत सार्वजनिक गरेका हुन् । उनको यस गीतमा उनकै शब्द संगीत र स्वर समावेश रहेको छ । उनलाई यस गीतमा स्वरमा गायिका सम्झना ओलीले साथ दिएकी छिन् । उनको यस गीतलाई अरेन्ज गर्ने काम भने डम्बर लिम्बुले गरेका छन् ।

उनको यस गीतको भिडियो पनि सार्वजनिक भएको छ । सार्वजनिक भिडियोमा मोडल तथा नायिका रेखा फागो र मोडल हेमन हाङ राईले अभिनय गरेका छन् । यस्तै उनिहरु संगै बालकलाकारको रुपमा स्नेहा भण्डारीले पनि यस गीतको भिडियोमा अभिनय गरेकी छिन् । पारिवारिक कथामा प्रेमको मिठो खुराक घोलेर गीतको भिडियोको छायांकन गरिएको छ । भिडियोको छायांकन तथा निर्देशन भने भुपेन्द्र तुम्बाहाम्फेले गरेका छन् । यस्तै भिडियोको सम्पादन भने बुद्ध थापा मगरले गरेका हुन् ।

पहिलो गीत सेन्टिमेन्टल शैलीमा निकाले उनले दोस्रो गीत भने रोमान्टिक शैलीमा निकालेका छन् । पहिलो गीत देखि धेरै नै तारिफ बटुलिसकेका उनले आफ्नो दोस्रो गीत देखि अझ बढी तारिफ पाईरहेका छन् । सार्वजनिक छोटो समयमा नै गीतले धेरै प्रतिक्रिया पाईसकेको छ भने देश तथा बिदेशका धेरै दर्शक श्रोताहरुले गीतलाई मन पनि पराई रहेको देखिन्छ ।

हेर्नुस भिडियो :

Comments