“जात्रा” को सिक्वेल बन्दै , दोहोरिदै पुरानै कलाकार
screennepal
प्रकाशित: २०७४, २२ माघ सोमबार
no img

स्क्रिननेपाल डटकम :
यस बर्षको सफल चलचित्र “जात्रा” को सिक्वेल निर्माण हुने भएको छ । यति बेला चलचित्रको स्क्रिप्टको काम भईरहेको छ । आउँदो बर्षको जेठको दोस्रो साता देखि चलचित्रको छायांकन सुरु गरिने निर्माण पक्षले जानकारी दिएको छ ।

निर्देशक प्रदीप भट्टराईकै लेखन तथा निर्देशन रहने चलचित्र “जात्रा २” को कथा यसपटक नया रहने कुरा पनि बाहिर आएको छ । निर्देशक भट्टराईका अनुसार चलचित्र “जात्रा” को जहाँ देखि अन्त्य भएको थियो त्यहि देखि नै “जात्रा २” को सुरुवात हुनेछ तर कथा भने नया रहने छ । यस्तै उनका अनुसार “जात्रा २” मा जात्रा कै कलाकारहरु दोहोरिने छन् ।

यसै गरि उनले “जात्रा” को सिक्वेलमा पनि वर्षा राउत, विपिन कार्की, रविन्द्र सिंह बाँनिया, रविन्द्र झा लगायतका कलाकारहरुको नै मुख्य भूमिका हुने जानकारी दिए । चलचित्रमा नयाँ कलाकारहरुको पनि अभिनय रहने छ । चलचित्रको निर्माण भने रविन्द्र सिंह बाँनियाले गर्नेछन् ।

Comments