जलजलालाई दोहोरी व्यवसायीको २ लाख (कसले कति दिए नामसहित)
screennepal
प्रकाशित: २०७४, २१ माघ आईतवार
no img

दुवै मृगौलाले काम गर्न छाडेपछि त्रिभुवन शिक्षण अस्पतालमा उपचारार्थ रहेकी गायिका जलजला परियारलाई नेपाल राष्ट्रिय लोक दोहोरी व्यवसायी संघले दुई लाख रुपैयाँ सहयोग गरेको छ ।

व्यवसायी संघका अध्यक्ष विनोद श्रेष्ठको संयोजकत्वमा अस्पतालमा पुगेको टोलीले गायिका जलजलाकी आमाको हातमा उक्त दुई लाख रुपैयाँ हस्तान्तरण गरेको हो । श्रेष्ठले गायिका परियारको स्वास्थ्य स्थिति बुझ्दै अझै सकेको सहयोग गर्न तत्पर रहेको बताएका थिए ।

गायिका परियारको दुवै मृगौलाले काम गर्न छाडेको अवस्थामा चारैतिरबाट सहयोग जुटिरहेको भए पनि लोक दोहोरी व्यवसायी संघले पनि उनका लागि केही सहयोग भए पनि गर्न पाउँदा खुशी भएको कोषाध्यक्ष अशोक गिरीले बताए । गिरीले अहिलेसम्म कार्यसमितिबाट जम्मा भएको रकमलाई मात्र हस्तान्तरण गरेको बताए । त्यसैगरी गुल्मी मदाने गाउँपालिकाका वसन्त कुँवरलाई पनि संघले ३५ हजार सहयोग हस्तान्तरण गरेको छ ।

दुवै मृगौला फेल भएर शिक्षण अस्पतालमै उपचार गराइरहेका वसन्तलाई संघले विना योजना तत्काल ३५ हजार रुपैयाँ सहयोग गरेर फर्किएको हो । जलजलाको भन्दा पनि गम्भिर अवस्था रहेको हुँदा उनलाई सहयोगका लागि संघले अझै पहल गर्ने संघका सचिव सुनिल थापाले बताए । थापाले दोहोरी साँझ व्यवसायी मात्र नभएर सम्पूर्ण कलाकार, कर्मचारीहरुको तर्फबाट पनि यो सहयोग जुटेको बताएका थिए ।

सहयोग हस्तान्तरण कार्यक्रममा अध्यक्ष श्रेष्ठसँगै उपाध्यक्ष सुवास गिरी, केशरबहादुर बुढाथोकी, महासचिव नविन लामा, सचिव सुनिल थापा, कोषाध्यक्ष अशोक गिरी लगायतको टोली अस्पताल पुगेर सहयोग हस्तान्तरण गरेको थियो ।
सहयोग गर्ने नेपाल राष्ट्रिय लोकदोहोरी व्यवसायी संघका पदाधिकारीहरुः

अध्यक्ष, विनोद श्रेष्ठ (नगरकोट दोहोरी) –३५,०००।

वरिष्ठ उपाध्यक्ष, जीवन श्रेष्ठ (सगरमाथा रोधी घर) –१०,०००।

उपाध्यक्ष, केशरबहादुर बुढाथोकी (लालदरबार रोधी घर) – ११,०००।

उपाध्यक्ष, सुवास अधिकारी (निरमाया रोधी क्लब) – २६०००।

उपाध्यक्ष, आरसी पोख्रेल (डाँफे दोहोरी साँझ) –१०,०००।

उपाध्यक्ष, धनकुमारी थापा (जूनकिरी दोहोरी साँझ) – १७,०००।

महासचिव, नविन लामा (गण्डकी दोहोरी साँझ) – २६,०००।

सचिव, सुजन घिमिरे (साझा चौतारी दोहोरी साँझ) – १०,०००।

सचिव, सुनिल थापा (दरबार रोधी घर)+कोषाध्यक्ष, अशोक गिरी (दरबार रोधी घर) – २७,०००।

सदस्य, शर्मिला लामा (हाम्रो रोधीघर) –११,०००।

सदस्य, सोनु लामा (शीरफूल रोधी घर) –११,०००।

सदस्य, राम थापा (जुगल पञ्चेबाजा रोधी घर) – १०,०००।

सदस्य, टीना श्रेष्ठ (ललितपुर रोधी क्लब) –५,०००।

सदस्य, सूर्य लामा (लजालु रोधी घर) – ५,०००।

सदस्य, वकिल बम (फेवा दोहोरी साँझ) – ५,०००।

Comments