कोईरालाको ‘टुट्यो फुट्यो चर्कियो सबै’ (भिडियो)
screennepal
प्रकाशित: २०७४, २१ माघ आईतवार
no img

कुनै समय कतै पञ्चे बाजा बज्दा, जवानीको जोस, यति दुख यति सास्तीजसता गीतबाट श्रोता तथा दर्शकमाझ गायकी पहिचान बनाएका गायक नारायणबाबु कोईरालाको नयाँ रिलिज भएको छ । ‘टुट्यो फुट्यो चर्कियो सबै’ बोलको गीत उनले सार्वजनिक गरेका हुन् ।
भ्रुण हत्यासम्बन्धि चेतनामूलक यस गीतको भिडियोमा विजयकृष्ण श्रेष्ठ र प्रतिक्षा खड्काले मोडलिङ गरेका छन् । सुमन कुमार श्रेष्ठको शब्द, संगीत रहेको यस भिडियोको निर्देशन जीवन शाहीले गरेका हुन् । कोईरालाले पछिल्लो समय पाश्र्व गायनमा पनि पहिचान बनाएका छन् ।

Comments