श्रमिकको कथामा “पसिना” , यस्तो बनेर आयो ट्रेलर
screennepal
प्रकाशित: २०७४, २१ माघ आईतवार
no img

स्क्रिननेपाल डटकम :
चलचित्र “पसिना” को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । नायक गौरव पहारी र नायिका अनु शाहको मुख्य भूमिका रहेको चलचित्र आउँदो बर्ष बैशाख १४ गते देखि देशभर प्रदर्शनमा आउने निर्माण पक्षले जानकारी दिएको छ । सार्वजनिक ट्रेलर अनुसार चलचित्रले श्रमिकहरुको कथा बोल्छ । पेट पालनको लागि रात दिन मेहेनत गरेर काम गर्ने कामदारहरुको हक हित र अधिकारको बिषयमा चलचित्रमा चित्रण गरिएको छ ।

नन स्टप क्रियशनको ब्यानरमा निर्मित चलचित्रमा गौरव र अनुका अलावा सरोज खनाल, रबि गिरी, धुव्र कोइराला, जयनन्द लामा, सरोज अर्याल, सृजना अधिकारी लगाएतका कलाकारहरुको अभिनय रहेको छ । राजनराज सिवाकोटी, थिराज राई र दिपक शर्माको संगीत रहेको फिल्मलाई नबिन निरौलाले सम्पादन गरेका हुन् ।

चलचित्रमा शान्ता ढकाल र इन्जिनियर सञ्जय महत्तोको लगानी रहेको छ । यस्तै चलचित्रका कार्यकारी निर्मातामा भने रमेश एम.के.पौडेल रहेका छन् ।

हेर्नुस ट्रेलर :

Comments