चलचित्र “फल्ट” को निर्माण घोषणा
screennepal
प्रकाशित: २०७४, २१ माघ आईतवार
no img

स्क्रिननेपाल डटकम :
चलचित्र “फल्ट” को निर्माण घोषणा भएको छ । निर्देशक सुवास जिसीले चलचित्रको निर्देशन गर्ने भएका छन् । राजधानीमा एक कार्यक्रम बीच चलचित्रको औपचारिक निर्माण घोषणा गरिएको हो। निर्देशक जिसीले समाजमा आफूलाई सभ्य भन्ने व्यक्तिले नकारात्मक काम गर्दा त्यसले समाजमा पार्ने प्रभावलाई चलचित्रको विषयबस्तु बनाएको बताए ।

इञ्जोय मुभिजको ब्यानरमा निर्माण हुन लागेको यस चलचित्रमा शुभ आचार्य, देवराज अधिकारी, निशा श्रेष्ठ, अनिल थापा र सगुन पोखरेल लगाएतका कलाकारहरुको अभिनय रहेको छ । फाल्गुनको पहिलो हफ्ता देखि फ्लोरमा जाने बताईएको चलचित्रमा सन्तोष काफ्लेको कथा, सुवास जिसीको पटकथा तथा संवाद, बसन्त सापकोटाको संगीत, विश्व देवकोटाको गीत र बासु बरालको छायांकन हुनेछ ।

इलाम, झापा, मोरङ र काठमाडौंमा छायांकन हुने चलचित्र २०७५ को वैशाख तेस्रो साता रिलिज हुने निर्माण पक्षले जनाएको छ । चलचित्रमा सन्तोष काफ्लेको लगानी रहेको छ ।

Comments