“शत्रु गते” को दोस्रो गीतमा आँचललाई फकाउदै पल
screennepal
प्रकाशित: २०७४, २० माघ शनिबार
no img

स्क्रिननेपाल डटकम :
चैत्र ९ गते देखि प्रदर्शनमा आउन लागेको चलचित्र “शत्रु गते” को दोस्रो गीत सार्वजनिक भएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको “पिरतीको बर्को” बोलको गीत सार्वजनिक गरिएको हो । चलचित्रमा यस गीतमा अर्जुन भट्टराईको शब्द र कालीप्रसाद बास्कोटाको संगीत र स्वर समावेश रहेको छ ।

गीतको भिडियो पनि उत्कृष्ट नै तयार भएको देखिन्छ । भिडियोमा चलचित्रका नायक पल शाह र नायिका आँचल शर्मा फिचरीङ छन् । यस गीतमा संगीतकार तथा गायक कालीप्रसाद बास्कोटाले केहि नया टेस्ट दिन खोजेको देखिन्छ । गीतको शब्द संगीत निकै रमाइलो रहेको छ । निकै छोटो समयमा दर्शकहरुले यस गीतलाई मन पनि पराई रहेको देखिएको छ ।

गीतको भिडियोमा प्रविन सिंहको कोरियोग्राफी रहेको छ । प्रदीप भट्टराईको निर्देशन रहेको चलचित्रमा हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, प्रियंका कार्की, राजाराम पौडेल, शिवहरी पौडेल, मदनकृष्ण श्रेष्ठ, किरण केसी लगायतका कलाकारको अभिनय रहेको छ । तराई र काठमाण्डौमा छायांकन गरिएको यो चलचित्र मह सञ्चारको प्रस्तुती र किरण केसीको निर्माणमा बनेको हो ।

हेर्नुस भिडियो :

Comments