“हैरान” को रिलिज मिति घोषणा
screennepal
प्रकाशित: २०७४, २० माघ शनिबार
no img

स्क्रिननेपाल डटकम :
संसारकै कान्छा निर्देशकको उपाधि पाएका निर्देशक सौगात बिष्टको नया चलचित्र “हैरान” को रिलिज मिति घोषणा गरिएको छ । चलचित्र “हैरान” आउँदो बर्ष जेठ ४ गते देखि देशभर प्रदर्शन हुनेछ । कमेडी जनरामा तयार पारिएको चलचित्रमा सत्यराज आचार्य, गजित विष्ट, मोहमद वसिम राजा, निश्मा घिमिरे, सरोज खनाल, बुद्धि तामाङ, पुष्कर रेग्मी, एन्जल राई, सागर लम्साल लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

यस्तै चलचित्रमा नवराज उप्रेती र निरज कडेलको छायाँकन, अमित श्रेष्ठको मिक्सिङ र ब्याक ग्राउण्ड स्कोर, अनन्त घिमिरेको कलर र भीएफएक्स, प्रितम पाण्डेको सम्पादन समावेश रहेको छ । यस्तै चलचित्रमा मुक्ति घले, सृष्टि घिमिरे, डाक्टर वाई.एल. लामाको लगानी रहेको छ । त्यसै गरि सम्झना पोखरेल भने चलचित्रकी कार्यकारी निर्मात्री रहेकी छिन् ।

चलचित्रमा कथा तथा कोरियोग्राफी गम्भीर बिष्ट, द्वन्द्व चन्द्र पन्त, संगीत सत्यराज आचार्य, स्वरूपराज आचार्य, किरण कँडेल, राजन इशान र सन्तोष श्रेष्ठको रहेको छ ।

Comments