“एउटा यस्तो प्रेम कहानी” मा प्रियंका र दिलिपको जोडी
screennepal
प्रकाशित: २०७४, २० माघ शनिबार
no img

स्क्रिननेपाल डटकम :
पुराना नायक शिव श्रेष्ठको निर्माणमा बन्न लागेको चलचित्र “एउटा यस्तो प्रेम कहानी” मा पालैपालो चिरपरिचित अनुहार अनुबन्दित भईरहेका छन् । केहि समय अगाडी मात्र चलचित्रमा नायिका वर्षा राउत, नायक संजोग कोइराला र नरेन खड्का फाईनल भइसकेका छन् । मल्टिस्टार कलाकारको बाहुल्यता रहने चलचित्रमा यति बेला फेरि अन्य कलाकारहरु पनि कन्फर्म भएका छन् ।

फागुनबाट औपचारिक रुपमा छायांकन सुरु हुन लागेको चलचित्रमा दीलिप रायमाझी, भुवन केसी, करिश्मा मानन्धर, निरुता सिंह लगायतका कलाकारहरुको पनि अभिनय रहने स्रोतले बताउँछ । अहिलेसम्म दीलिप सँग मात्र औपचारिक सम्झौता भएको खबर छ । निर्माता श्रेष्ठले भुवन केसी सँग फोनमा मात्र कुरा गरेका छन् । निरुता सिंह र करिश्मा मानन्धरसँग अब औपचारिक कुराकानी हुने बताइएको छ ।

खबर अनुसार यी कलाकारहरु चलचित्रको एक गीतमा मात्र देखिनेछन् । निर्माता श्रेष्ठले “एउटा यस्तो प्रेम कहानी” को एक लोक लय गीतमा पुराना धेरै कलाकारलाई जम्काभेट गराउने तयारीमा छन् । यस्तै चलचित्रमा नायिका प्रियंका कार्की र किरण केसी पनि अनुवन्धित भएका छन् । यस विषयमा निर्देशक दिपेश सापकोटाले भने कुनै पनि जानकारी दिन चाहेनन् । उनको अनुसार चलचित्र नारी प्रधान हुने र तीनवटा फरक लभस्टोरीलाई चलचित्रमा देखाइने छ । यस्तै उनले चलचित्रमा मेजर रोलमा वर्षा, प्रियंका र बिष्णु चेम्जोंग रहनेछन् ।

शिव श्रेष्ठ प्रस्तुतकर्ता रहेको चलचित्रलाई यशोदा राई र दिनेश दर्शनधारीले संयूक्त रुपमा निर्माण गर्न लागेका हुन् । निर्माता तथा नायक श्रेष्ठ आफैंले चलचित्रको कथा लेखेका हुन् ।

Comments