“रानी महल” निर्माण घोषणा
screennepal
प्रकाशित: २०७४, २० माघ शनिबार
no img

स्क्रिननेपाल डटकम :
लामो समयको चर्चा पछि अन्तत चलचित्र “रानी महल” निर्माण हुने भएको छ । चलचित्रको निर्माण घोषणा गरिएको छ । नायक प्रदीप खड्का र पल शाहले चलचित्रमा काम गर्न अस्वीकार गरेपछि दुई नयाँ नायकलाई अनुवन्धित गर्दै चलचित्रको निर्माण घोषणा गरिएको हो ।

हिमाल न्यौपानेले निर्देशन गर्ने चलचित्रको माघ तेस्रो साताबाट छायांकन सुरु हुँदैछ । चलचित्रमा वर्षा सिवाकोटी, प्रशान्त ताम्राकार, आशिष अधिकारी, साहिल श्रेष्ठ, मानस्वी खरेल, नीर शाह, बिएस राना, केशव भट्टराई, युनिता खत्री, बासु खनाल, शिलु पोखरेल लगायतका कलाकारहरुको अभिनय रहने छ । चलचित्रका निर्माता बिमल भुसाल हुन् । स्वस्तिक फिल्म्सको ब्यानरमा बन्ने यस चलचित्र मार्फत आशिष, साहिल र मानस्वी नेपाली रजतपटको आकाशमा उदाउँदैछन् ।

चलचित्रका निर्देशक न्यौपानेले “रानीमहल” त्रिकोणात्मक प्रेमकथामा आधारित हुने बताए । यस्तै चलचित्रमा दीपक पौडेलको पटकथा, निरज कँडेलको छायांकन, अर्जुन पोखरेल र हर्कुलस बस्नेतको संगीत, हिमाल केसीको द्वन्द्व, कविराज गहतराज र रामजी लामिछानेको नृत्य निर्देशन रहने छ । चलचित्रको छायांकन बुटबल, भैरहवा, चितवन, स्याङग्जा,पोखरा, पाल्पा र काठमाडौंमा हुनेछ । डेढ करोड लगानीमा बन्ने “रानीमहल” मा प्रेम सँगै अतिरिक्त मित्रता, पुत्र मोह आदि विषयलाई रोचक शैलीमा प्रस्तुत गरिने निर्माण पक्षको भनाई रहेको छ ।

Comments