चन्दाको ‘चोलीको तुना’मा भारतीय मोडेल (भिडियोसहित)
screennepal
प्रकाशित: २०७४, १८ माघ बिहीबार
no img

गायिका चन्दा घिसिङको नयाँ म्युजिक भिडियो ‘चोलीको तुना’ श्रोता दर्शकमाझ आएको छ । भारतीय मोडेल दिपान्सु थापाका साथमा सुमी मोत्तानले मोडलिङ गरेका यो म्युजिक भिडियो काठमाडौंको चावहिलस्थित चलचित्र विकास बोर्डमा आयोजित विशेष समारोहका विच सार्वजनिक गरिएको हो ।


भिडियो निर्देशन एवं सम्पादन विज्ञान राईले गरेका छन् । राजिव समरको कोरियोग्राफी रहेको भिडियो हरी हुमागाईले खिचेका हुन् । दिपान्सु नेपाली चलचित्रमा डेब्यु गर्ने तरखरमा छन् । ‘केही राम्रा र ठुला ब्यानरका चलचित्रमा कुरा भइरहेको छ । कुनै एउटा छानेर काम गर्ने सोचमा छु’, नयाँदिल्ली निवासी दिपान्सुले भने । अहिले उनी नेपाल आएका छन् ।
अहिले चल्तिमा रहेका संगीतकार टिका बम्जनको शब्द एवं संगीत रहेको यस गीतमा पवनवाङ लामाको संगीत संयोजन रहेको छ । राम्रो गीत र टिम भएकाले भिडियोमा मोड्लिङ गरे पनि आफ्नो लक्ष्य र सपना चलचित्र भएको दिपान्सुको भनाइ छ । चोलीको तुना गायिका चन्दा घिसिङको नयाँ एल्बमको गीत हो । ‘चोलीको तुना करिएर सारै टाइट भो, मलाई पाउन केटाहरुको ग्याङफाइट भो’ बोलको गीत निकै क्याची छ ।
भारतको इलाहाबादस्थित प्रयाग संगीत समितीबाट शाश्त्रिय संगीतमा विम्युज गरेकी चन्दा थोरै तर स्तरीय गीत गाउन रुचाउँछिन् । तामाङ भाषी चलचित्र ‘मायुङ बुरिङ’ (चेलीमाइती), ‘मिख्ली’ (आँसु), ‘च्याङबा’लगायत विभिन्न चलचित्रमा अभिनय गरेकी चन्दा अभिनयपछि गायनमा लागेकी हुन् ।
पहिलो एल्बम ‘मंगोलियन गर्ल’मा समेटिएको सुपरहिट गीत ‘झुम्का गि¥यो रे’ले युट्युवमा ४० लाखभन्दा बढी भ्युवर्स पाएको छ । आफ्नो नयाँ गीतबाट पनि उनी निकै आशावादी छिन् । ‘गीत र भिडियो दुवै भनेजस्तो बनेको छ । झुम्का गि¥यो रेले जस्तै यो गीतले पनि श्रोतादर्शकको माया पाउने अपेक्षा गरेकी छु’, गायिका घिसिङले भनिन् ।

Comments