नर्सको मोडलिङ मोह !
screennepal
प्रकाशित: २०७४, १३ माघ शनिबार
no img

पेसाले नर्स हुन् दिव्या पौडेल । उनी नर्सिङकै रोजगारीको शिलसिलामा राजधानी भित्रिएकी हुन् । तर, अहिले उनी मोडलिङमा समेत संघर्ष गरिरहेकी छन् । सानैदेखि मोडलिङमा चाहना रहेको उनको भनाइ छ । म्युजिक भिडियो हुँदै चलचित्रको पर्दामा आफ्नो सक्रियता जनाउन तल्लीन दिव्याले भनिन् ‘नर्सिङ पेसा पछिको मनपर्ने र रुचिको पेसा भएकाले मोडलिङमा आएको हुँ ।’
विराटनगरकी २१ बर्षिया दिव्या मोडलिङ, नृत्य र अभिनयमार्फत कलाकारितालाई अगाडि बढाउन चाहन्छिन् ।

 

Comments