‘गुड मर्निङ टी’मा सेलिब्रेटीसँगै चिया खान पाइने
screennepal
प्रकाशित: २०७४, १३ माघ शनिबार
no img

विभिन्न सेलिब्रेटीहरुसहित नेपाल अर्बुद रोग निवारण काठमाडौं शाखाले ‘गुड मर्निङ टी’ अर्थात् ‘शुभप्रभात चियापान’ नामक कार्यक्रम गर्दैछ । यो आउँदो २७ शनिबार माघमा आयोजना हुने सो कार्यक्रमका लागि सेलिब्रटीको फोटोसुट गरिएको छ ।
बागबजार आरधाना पार्टी प्यालेसमा हुने ‘गुड मर्निङ टी’ कार्यक्रमका लागि इशु श्रेष्ठ, सुनिता डंगोल, क्रिजना डंगोल, युविका श्रेष्ठ, जुनु त्वायना, पल्लवी श्रेष्ठ, रोमी खड्गी, देशना केसी, साइरा घिमिरे, अभिलाषा शर्मा श्वार, कुशुम तामाङ, आज्ञा कारञ्जित, पल्पसा श्रेष्ठ, मन्दिरा आरएल शाहलगायतका मोडहरुको फोटोसुट गराइएको छ । कार्यक्रममा चियापानका साथै सम्मान कार्यक्रम रहेको संस्थाले जनाएको छ ।

Comments