पत्रकारसँग अञ्जु पन्त : हेल्लोमा भ्यालेनटाइनमा दुई घण्टा गुञ्जिने
screennepal
प्रकाशित: २०७४, १२ माघ शुक्रबार
no img

‘भ्यालेनटाइन–डे’ अर्थात प्रणय दिवशका दिन गायिका अञ्जु पन्त निरन्तर गुञ्जिँदैछिन् । ‘मेलोडी क्वीन अञ्जु पन्त साँझ–२०७४’बारे जानकारी गराउन शुक्रबार राजधानीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अञ्जुले भनिन्, ‘प्रणय दिवशका अवसरमा यहाँसामु प्रस्तुत हुँदैछ ।’ अञ्जुलाई बागबजारस्थित साया हेल्लो क्याफे गजलबारले १४ फेब्रुअरी अर्थात् ‘भ्यालेनटाइन–डे’ एकल साँझमा प्रस्तुत गजनै लागेको हो ।


कार्यक्रममा बोल्दै गायिका अञ्जुले भनिन्, ‘यो मेरो सांगीतिक करिअरकै दोस्रो एकल साँझ हो, जहाँ मेरो लोकप्रिय गीतहरु प्रस्तुत गर्नेछु ।’ युवापुस्ताले पे्रम दिवशका रुपमा मनाउँदै आएको ‘भ्यालेनटाइन–डे’मा एकल रुपमा प्रस्तुत हुन पाउँदा खुसी लागेको छ ।’ उक्त दिन माहोल नै प्रेममय हुने भएकाले आफूले पनि प्रेमका गीतहरु प्रस्तुत गर्ने अञ्जुले बताइन् । सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भनिन, ‘प्रेम दिवशमा प्रेमका डेढ दर्जन बढी गीत सुनाएर यहाँहरुसँग प्रेम साट्नेछु ।’


कार्यक्रममा साया हेल्लो क्याफे गजलबारका सञ्चालक रुल्ज गुरुङले नेपाली गायन क्षेत्रकी मेलोडी क्वीन अञ्जु पन्तलाई आफ्नो रेष्टुरेण्टमा प्रस्तुत गर्न पाउँदा खुसी लागेको सुनाए । ‘आज म निकै खुसी छु’ रुल्जले भने, ‘किनकि नेपाली गायनकी दरोहर अर्थात मेलोडी क्वीन अञ्जु पन्तलाई प्रस्तुत गर्ने अवसर पाएको छु ।’ उनले आफ्नो बारले व्यापारमात्र नगरेर कलाकारलाई सम्मान र आदर्श गर्दै आएको पनि बताउँदै आगामी दिनमा पनि देशका ख्याती प्राप्त कलाकारलाई प्रस्तुत गर्दै जाने बताए ।
यसअघि साया हेल्लो क्याफेमा चर्चित गायक स्वरुपराज आचार्य, गायिका मिलन अमात्य, प्राश्ना शाक्यजस्ता गायक÷गायिकाले आफ्नो प्रस्तुती दिइसकेका छन् । अहिले पनि प्रत्येक शुक्रबार गायिका प्राश्ना प्रस्तुत हुँदै आएकी छन् ।
क्याफे तथा गजलबारले सञ्चालनको सुरुवातबाटै गुणास्तरिय खाना र स्तरिय गीतसंगीतले ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ । क्याफेका सञ्चालक रुल्जले बताए ।

Comments