शास्त्रीय उत्सवमा गुञ्जियो बसन्त राग 
screennepal
प्रकाशित: २०७४, ११ माघ बिहीबार
no img

काठमाडौं, ११ माघ । शास्त्रीय संगीत गायनमा आजीवन योगदान पु¥याएका वरिष्ठ शास्त्रीय धु्रपद गायक भवनाथ शर्मा अधिकारी सम्मानित भएका छन ।

वसन्त पञ्चमीको अवसरमा सांस्कृतिक संस्थानले बुधबार नाचघरको मेघा हलमा आयोजना गरेको वसन्त शास्त्रीय संगीत उत्सव २०७४ मा अधिकारीलाई सम्मान गरेको छ । उनलाई दोसल्ला ओढाएर ताम्रपत्र र २५००० रुपैँया सहित नेपाल संगीत तथा नाट्य संगीत प्रज्ञा प्रतिष्ठानका कुलपति भक्त श्रेष्ठ (सरु भक्त) ले संस्थानको तर्फबाट सम्मान गरे ।

सांस्कृतिक संस्थानका महाप्रवन्धक राजेश थापाले कार्यक्रममा बोल्दै धु्रपद गायक अधिकारीका बारे बताए । अग्रज संगीतकार दिपक जंगम सहित  पाँच सदस्य टोलीले अधिकारीको नाम सम्मानको लागि चयन गरेको महाप्रवन्धक थापाले बताए ।

महाप्रवन्धक थापाले शास्त्रीय संगीतको प्रवद्र्घनकै लागि श्री पञ्चमीमा संस्थानले लामो समय देखि वसन्त शास्त्रीय संगीत उत्सव गर्दै आएको बताए । सम्मानित व्यक्तित्व अधिकारीका बारे शास्त्रीय संगीतकार डा. धु्रवेश चन्द्र रेग्मीले प्रकाश पारेका थिए । भारत खण्डे संगीत विश्व विद्यालय लखनउ भारतकी उपकुलपति एवं शास्त्रीय गाायिका श्रुती सडोलिकर काठ्करले शास्त्रीय संगीतको महत्वबारे प्रकाश पार्दै यो विश्व संगीतको भाषा एउटै भएको धारणा राखिन ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरु भक्तले हजारौ वर्ष देखिको शास्त्रीय संगीतलाई संगीत नाट्य प्रज्ञा प्रतिष्ठान र सांस्कृतिक संस्थानले संरक्षण एवं प्रवद्र्घन गर्नु पर्ने बताए ।  सो उत्सवको दोस्रो चरणमा विभिन्न कलाकारहरुले वसन्त लगायत फरक रागमा वाद्यवादन एवं गायन प्रस्तुत गरे ।

कार्यक्रमको पहिलो प्रस्तुतिमा रामकृष्ण दुवालको परम्परगत वसन्त गायन, ज्ञानुराधा गोर्खालीले सितारमा रागबादन, बैंकटेश ढकालले तवलामा शास्त्रीय बादन, यतिराज अधिकारीले बेला बादनमा शास्त्रीय धुन, जीवन आलेले बाँसुरीमा बसन्त धुन प्रस्तुत गरे ।सोही शास्त्रीय उत्सबमा डंकनदास चौधरीले तवलाबादनमा, विकाशनाथ योगीले बेला बादनमा सरोज अधिकारीले बाँसुरीमा शास्त्रीय धुन प्रस्तुत गरे ।

यस्तै नवराज सापकोटाको शास्त्रीय गायन र धनबहादुर गोपालीको राग गायन पनि उत्सबको आकर्षण बनेको थियो । अन्त्यमा जयश्री सोसाईटीका कलाकारहरुको सामुहिक तवलाबादनले कार्यक्रमलाई थप मनोरञ्जन प्रधान तुल्याएको थियो ।

Comments