“हुर्रे” को दोस्रो गीतमा निताको सेक्सी हट डान्स
screennepal
प्रकाशित: २०७४, ११ माघ बिहीबार
no img

स्क्रिननेपाल डटकम :
फाल्गुन २५ गते देखि देशभर प्रदर्शनमा आउन लागेको चलचित्र हुर्रे को दोस्रो गीत सार्वजनिक गरिएको छ | सार्वजनिक “बाँचे नी पशुपति मरे नी पशुपति…” बोलको गीतमा एकतारे र कालीप्रसाद बास्कोटाको शब्द र कालीप्रसाद बास्कोटाकै संगीत समावेश रहेको छ | यस्तै गीतमा स्वर भने झुमा लिम्बु र कालीप्रसाद बास्कोटाको रहेको छ |

गीतको भिडियो निकै रमाइलो बनेको देखिन्छ | पशुपति क्षेत्रमा छायांकन गरिएको भिडियोमा नायिका निता ढुंगानाले निकै हट र सेक्सी डान्स गरेकी छिन् | उनको सेक्सी अवतार र नृत्यले धेरैलाई मनोरंजन प्रदान गर्ने देखिन्छ | भिडियोमा निता संगै अंकित खड्का, राजाराम पौडेल र विजय बरालले पनि ठुम्का लगाएका छन् । भिडियोका कारियोग्राफर विक्रम स्वाँर हुन् ।

अहिले सम्मको समय हेर्ने हो भने नायिका निता ढुंगानाले पहिलो पटक आईटम डान्स गरेकी हुन् | यस्तै निताले गीत सार्वजनिक कार्यक्रममा पनि लाईभ नृत्य देखाएकी थिइन् | यम थापाको लेखन तथा निर्देशनमा बनेको कमेडी जनराको यस चलचित्रमा अंकित खड्का, राजाराम पौडेल, विजय बराल, केकी अधिकारी, अनुपबिक्रम शाही, संगीता नापित लगायतका कलाकारहरुको अभिनय रहेको छ । दावा शेर्पा, सोनम लामा र छिरिङ दोर्जेको लगानीमा निर्माण भएको चलचित्रलाई चन्दन दत्तले सम्पादन गरेका छन् ।

हेर्नुस भिडियो :

Comments