“गरुड पुराण” को निर्माण घोषणा
screennepal
प्रकाशित: २०७४, ११ माघ बिहीबार
no img

स्क्रिननेपाल डटकम :
चलचित्र “गरुड पुराण” को निर्माण घोषणा भएको छ | बुधबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै निर्माण पक्षले चलचित्रको निर्माण घोषणा गरेको हो | सुवास कोइराला र सुशन प्रजापतिको संयूक्त निर्देशन रहने चलचित्रमा कर्मा शाक्य, प्रविन खतिवडा, कामेश्वर चौरासिया, नाजिर हुसेन, प्रकाश घिमिरे लगायतका कलाकारहरुको अभिनय रहने छ ।

यस्तै यसै चलचित्र मार्फत नायिकाको रुपमा प्रियंका सिंह ठकुरीले डेब्यु गर्दैछिन् । अजित फिल्मस् प्रा.लिको ब्यानरमा निर्माण हुने चलचित्रमा अजित प्रजापति र अशोक गौतमको लगानी रहेको छ । कसम नेपालको कथा, सुवास कोइराला, आकाश बराल र विनोद खडिवडाको पटकथा, आकाश बरालको संवाद, कोशिश क्षेत्री र सजित श्रेष्ठको संगीत रहेको ‘गरुड पुराण’ लाई उज्वल ढकालले सम्पादन गर्नेछन् ।

आभाना प्रोडक्सन प्रस्तुतकर्ता रहेको चलचित्रका सह निर्माता अशोक गौतम रहेका छन् । काठमाडौं लगायतका ठाउँमा छायांकन हुने चलचित्रका छायाँकार भने सुशन प्रजापति हुन् ।

Comments