“सी.ओ.डब्लु काउ” भन्दै केकी फकाउदै बिनोद
screennepal
प्रकाशित: २०७४, १० माघ बुधबार
no img

स्क्रिननेपाल डटकम :
नायिका केकी अधिकारीले पहिलो पटक चलचित्र निर्माणमा हात हालेकी छिन् । उनको निर्माणमा बनेको चलचित्र “कोहलपुर एक्सप्रेस” को पहिलो गीत यति बेला सार्वजनिक भएको छ । सार्वजनिक “सी.ओ.डब्लु काउ” बोलको गीतमा राजनराज शिवाकोटीको शब्द संगीत र मेलिना राई र राजनराज शिवाकोटीको स्वर समावेश रहेको छ । गीतको भिडियो निकै आकर्षक बनेको देखिन्छ । भिडियोमा नायिका केकी अधिकारी , रिमा विश्वोकर्मा , गम्भीर बिष्ट र बिनोद न्यौपानेको नृत्य रहेको छ ।

चलचित्र नया बर्षमा प्रदर्शन हुने कुरा निर्माण पक्षले जानकारी दिएको छ । तर कुन मितिमा भन्ने बारेमा भने कुनै खुलासा गरेको छैन । चलचित्रमा प्रियंका कार्की , ऋचा शर्मा , केकी अधिकारी , बिनोद न्यौपाने , बुद्धि तामाङ , रबिन्द्र झा , कुशाग्रह भट्टराई लगाएतका कलाकारहरुको अभिनय रहेको छ । यस्तै चलचित्रमा अर्जुन तिवारीको छायांकन , लोकेश बज्राचार्यको सम्पादन र गम्बिर बिष्टको नृत्य निर्देशन रहेको छ ।

बिशाल भण्डारीको निर्देशनमा तयार भएको चलचित्रमा भद्र बहादुर शाही , देवी लाल न्यौपाने ( पण्डित ), शिव प्रसाद चौलागाईं र नायिका केकी अधिकारीको लगानी रहेको छ । चलचित्र कमेडी जनरामा तयार भएको कुरा निर्देशक भण्डारीले बताए ।

हेर्नुस भिडियो :

Comments