सुदर्शनको निर्देशनमा बन्दै “रामकहानी” , पुजा र आकाशको जोडी पक्का
screennepal
प्रकाशित: २०७४, १० माघ बुधबार
no img

स्क्रिननेपाल डटकम :
विभिन्न नेपाली चलचित्रमा धेरै कलाकारहरु संग अभिनय गरिसकेका नायिका पुजा शर्माले आफ्नो नया चलचित्रको निर्माण घोषणा गरिसकेकी छिन् । लामो समय देखि खबर आइरहँदा अहिले भने उनले आफ्नो चलचित्र नाम पनि तय गरिन । उनको अबको नया चलचित्रको नाम “रामकहानी” हो । चलचित्र माघको अन्तिम साता देखि फ्लोरमा जाने जानकारी निर्माण पक्षले दिएको छ । चलचित्रमा नायिका पुजा शर्मा संग नायक आकाश श्रेष्ठको जोडी पक्का भएको छ ।

यस अगाडी पुजाले “मधुमास” मा आर्यन सिग्देल, “प्रेमगीत” मा प्रदीप खड्का र “म यस्तो गीत गाउँछु” मा पल शाहसँग स्क्रिन शेयर गरिसकेकी नायिका पुजा शर्माले आफ्नो नया चलचित्र रामकहानी मा भने आकाश संग रोमान्स गर्ने भएकी छिन् । आकाशको “तिमीसँग” नामक चलचित्र भने यति बेला प्रदर्शनको तयारीमा छ । यस चलचित्र निर्माणमा निर्देशक सुदर्शन थापा र नायिका पूजा शर्माको सयुंक्त लगानी रहने छ । केही महिनादेखि सुदर्शन र पूजा राम्रो नाच्न जान्ने नायकको खोजीमा थिए ।

सुदर्शन थापाको कथा र निर्देशनमा बन्ने चलचित्रमा यसअघि नै माग्नेबुढा उर्फ केदार घिमिरे र जितु नेपाल फाइनल भइसकेका छन् । केदारले १० लाख पारिश्रमिक लिएर अनुबन्ध भएको खबरले पछिल्लो हप्ताभर मिडियामा चर्चा पाएको थियो भने जितुले पनि ७ लाख पारिश्रमिक लिएको खबर बाहिर आएको छ ।

यस्तै चलचित्रमा विल्सन विक्रम राई र रविन्द्र झा पनि फाइनल भइसकेको निर्माण टिमले बताएको छ । उल्लेखित कलाकारहरुको उपस्थितीले नै चलचित्र पुर्णतः कमेडी जनरामा बन्न लागेको संकेत दिन्छ । निर्देशक थापाले यसअघि लभ स्टोरी प्याटनमा चलचित्र बनाउँदै आएका थिए । लभ स्टोरी जनरामा अब्बल मानिने सुदर्शनको पाइलाले कमेडी जनरामा कुन गति लिन्छ त्यो भने चलचित्र रिलिजपछि मात्रै थाहा हुनेछ । चलचित्रमा दिनेश न्यौपाने र महेश दवाडीको स्क्रिप्ट , अर्जुन पोखरेलको संगीत र सौरभ लामाको छायांकन रहने छ ।

Comments