पुरनको “फेरी फेरी” मा ऋचा र अर्पण
screennepal
प्रकाशित: २०७४, १० माघ बुधबार
no img

स्क्रिननेपाल डटकम :
पछिल्लो समय हेर्ने हो भने अभिनेता अर्पण थापा र अभिनेत्री ऋचा शर्माले एकसाथ धेरै चलचित्रमा काम गरेको दर्शकहरुले हेरिसकेको अवस्था छ । तर अझै पनि यो जोडी टुटेको छैन । फेरी यिनै जोडीको साथमा चलचित्र “फेरी फेरी” को निर्माण घोषणा गरिएको छ । “आधा लभ”, “चक्कर”, “सुनकेसरी”, “फिर्के” चलचित्रमा एकसाथ काम गरिसकेका नायक अर्पण थापा र नायिका ऋचा शर्मा फेरि एकपटक चलचित्र “फेरी फेरी” मार्फत पर्दामा देखिने भएका छन् ।

पुरन थापाको लेखन तथा निर्देशन रहने चलचित्रलाई निरज थापाले निर्माण गर्न लागेका हुन् । कमेडी जनरामा निर्माण हुने यो चलचित्र नारी प्रधानमा रहने निर्माण पक्षको भनाई रहेको छ । माता बसुन्धारा मुभिज प्रा.लिको ब्यानरमा निर्माण हुने चलचित्रमा अर्पण र ऋचाका अलावा लय संग्रौला, ओम प्रतिक गुरुङ, पुरन थापा, ध्रव कोइराला, धर्मेन्द्र आचार्य लगायतका कलाकारहरुको अभिनय रहने छ ।

चलचित्रमा सुरेश बज्राचार्यको छायांकन, एनबि महर्जनको द्वन्द्व, रामजी लामिछाने र सुरन बसेलको नृत्य, विकास चौधरी र पुरन थापाको संगीत र विपिन मल्लको सम्पादन रहने छ । यस्तै चलचित्रको गीतमा रामचन्द्र काफ्ले, टीका प्रसाईँ, रनक बस्नेत र एनि श्रेष्ठको स्वर रहनेछ । माघ १८ गतेदेखि छायांकन सुरु हुने “फेरि फेरि” पहिलोपटक ३५ सेन्सरयुक्त अत्याधुनीक प्रबिधिको रेड इपिक डब्लु हेलियम एट के क्यामेराबाट खिचिँदैछ । निर्देशक पुरनले अत्याधुनिक प्रबिधिका साथ अत्यन्तै मनोरञ्जक फिल्म बनाउने ध्यये आफ्नो रहने बताए ।

Comments