यसपटकको ‘भ्यालेनटाइन–डे’ अञ्जु पन्तसँग…!
screennepal
प्रकाशित: २०७४, ९ माघ मंगलवार
no img

काठमाडौं, ९ माघ । नेपाली गायन क्षेत्रकी ‘मेलोडी क्वीन’ अञ्जु पन्तको फ्यानका लागि खुसीको खबर छ किनकि, यसपटक अञ्जुसँगै प्रेम दिवश अर्थात् ‘भ्यालेनटाइन–डे’ मनाउने अवसर जुर्दैछ ।

हो, १४ फेब्रुअरी अर्थात भ्यालेनटाइन–डेका दिन नेपाली गायन क्षेत्रकी नक्षत्र अर्थात मेलोडी क्वीन अञ्जु बागबारस्थित साया हेल्लो क्याफे गजलबारमा एकल साँझमा प्रस्तुत हुँदैछिन् , जहाँ उनले प्रेममय आफ्ना चर्चित गीतहरु प्रस्तुत गर्ने भएकी छन् ।


प्रेम, विछोड र जीवन संघर्षका गीतहरुका लागि पर्यावाची गायिका अञ्जुको योे दोस्रो एकल साँझ हुनेछ । यसअघि उनी केही महिनाअघि नेपाल प्रज्ञा प्रतिष्ठानमा एकल साँझमा प्रस्तुत भएकी थिइन् । जहाँ उनका हजारौ श्रोता तथा दर्शकले अञ्जुप्रति अगाध प्रेम दर्साएका थिए ।
गायिका अञ्जुको बारेमा पक्कै धेरै भनिरहन आवश्यक छैन किनकि, नेपाली गायन क्षेत्रका लागि अञ्जु शीर हुन् । जसले यसपटक संसारभर प्रेम दिवशका रुपमा मनाउँदै आएको भ्यालेनटाइन–डेमा साया हेल्लो क्याफे गजलबारमा आफ्नो ऐतिहासिक प्रस्तुती दिँदैछिन् । उक्त दिन अञ्जुले आफ्ना नयाँ तथा पुराना प्रेममय गीतहरु प्रस्तुत गर्नेछिन् ।

साया हेल्लो क्याफेमा यसअघि चर्चित गायक स्वरुपराज आचार्य, गायिका मिलन अमात्य, प्राश्ना शाक्यजस्ता गायक÷गायिकाले आफ्नो प्रस्तुती दिइसकेका छन् । अहिले पनि प्रत्येक शुक्रबार गायिका प्राश्ना प्रस्तुत हुँदै आएकी छन् ।

यो क्याफे तथा गजलबारेले सुरुबाटै स्तरिय खानाका आलवा स्तरिय गीतसंगीतले ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ । यस क्याफेका सञ्चालन रुल्ज गुरुङले भने, ‘ग्राहकको चाहना हाम्रो मुख्य प्राथमिकता हो भने खुसी नै हाम्रो सन्तुष्टि हो ।’ यो क्याफे तथा गजलबार यस कारण पनि लोकप्रिय हुँदैछ कि जहाँ प्रसस्त पार्किङको सुविधा छ ।

Comments