पुरनको ‘फेरि–फेरि’ बन्दै
screennepal
प्रकाशित: २०७४, ९ माघ मंगलवार
no img

काठमाडौं, ९ माघ । कमेडी कथामा फेरि–फेरि नामक फिल्म बन्ने भएको छ । पुरन थापाको लेखन, निर्माण र निर्देशन रहेको फिल्मको मंगलबार राजधानीमा शुभ मुर्हत गरियो ।
चलचित्र बिकास बोर्डकी अध्यक्ष निकीता पौडेलको प्रमुख आथित्यतामा सम्पन्न शुभमुर्हत समारोहमा अभिनेत्री ऋचा शर्माका साथमा अभिनेताद्धय अर्पण थापा र धर्मेन्द्र आचार्यले मुर्हत सटमा अभिनय गरेका थिए ।
कार्यक्रममा फेरि फेरिको निर्माण कम्पनी माता बसुन्धारा मुभीजले प्रथम महिला बोर्ड अध्यक्ष निकीतालाई सम्मान गरेको थियो । लामो समयदेखि चलचित्रका बिबिध पक्षमा क्रियाशील अध्यक्ष निकीताको कार्यकालमा नेपाली चलचित्र क्षेत्रको श्रीबृद्धिको कामनासहित उनलाई सम्मान गरिएको निर्देशक पुरनले बताए ।
माघ १८ गतेदेखि छायांकन सुरु हुने फेरि फेरि पहिलोपटक ३५ सेन्सरयुक्त अत्याधुनीक प्रबिधिको रेड इपिक डब्लु हेलियम एट के क्यामेराबाट खिचिदैछ । निर्देशक पुरनले अत्याधुनीक प्रबिधिका साथ अत्यन्तै मनोरञ्जन फिल्म बनाउने ध्यये राखीएको बताए ।
कार्यक्रममा चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले फेरि फेरिलाई शुभकामना दिदै फिल्म निर्माणमा मात्र नभइ प्रदर्शनमा पनि अध्याधुनीक प्रबिधिको ब्यबस्थापन गर्नुपर्नेमा जोड दिए । उनले शहरी क्षेत्रका कतिपय हलमा अहिलेसम्म पनि एचडिमै फिल्म देखाइने गरिएको बताउदै कम्तीमा सबै हलमा टु–के प्रोजेक्सनको अपरिहार्यता औल्याए ।
कार्यक्रमकी प्रमुख अथिति तथा बोर्ड अध्यक्ष निकीताले नेपाली चलचित्र क्षेत्रले आफूमाथि राखेको बिश्वास पूरा गर्न आफू लागीपरेको बताइन् । उनले फेरि फेरिलाई सफलताको शुभकामना दिदै आफ्नो कार्यकालमा नेपाली चलचित्र क्षेत्रको बिकासका लागि ठोस काम हुने दावी गरिन् ।
फेरि फेरिमा अर्पण थापा,ऋचा शर्मा, बिकास चापागाई, धर्मेन्द्र आचार्य, ओमप्रतिक गुरुङ, लय संग्रौला, रश्मी पाण्डे, ध्रुव कोइराला,एलिना बास्कोटा,सोनीका बास्तोला, राम बुढाथोकीलगायतले अभिनय गर्दैछन् । निरज थापा निर्माता रहेको फिल्म सुरेश बज्रचार्यले खिच्ने छन् । फिल्ममा एनबि महर्जनको द्धन्द्ध, रामजी लामीछाने र सुरेन्द्र बसेलको कोरियोग्राफी, पुरन थापाको गीत, बिकास चौधरी र पुरन थापाको संगीत छ ।
यसअघि कान्छी मट्याङ ट्याङ निर्देशन गरेका पुरनले यो फिल्मबाट आफ्ना छोरा निरजलाई निर्माता तथा सहायक निर्देशकका रुपमा अघि सारेका छन् । हङकङमा फिल्म सम्पादन तथा कलर करेक्सनसम्बन्धी अध्ययन गरेका निरज पनि फिल्म निर्माण र निर्देशनमा लाग्न चाहन्छन् ।

 

Comments