पवित्रालाई पाउन बुद्धि र गौरव बीच यस्तो हानथाप
screennepal
प्रकाशित: २०७४, ९ माघ मंगलवार
no img

स्क्रिननेपाल डटकम :
पछिल्लो समय नेपाली चलचित्रको पनि छायांकन बिदेशमा हुन थालेको छ । धेरै चलचित्रको छायांकन यति बेला नेपाल बाहिर भईरहेको खबर प्राप्त हुन्छ । यस्तै चलचित्र “होलिडे” को पनि सम्पूर्ण छायांकन यूरोपमा भएको छ । हालै मात्र निर्माण पक्षले चलचित्रको छायांकनको केहि तस्बिरहरु सार्वजनिक गरेको छ । युरोपको सुन्दर वातावरणमा अभिनेता गौरव पहारी , बुद्धी तामाङ सँगै अभिनेत्री पवित्रा आचार्यका रोमान्टिक अवतारहरुको तस्बिर निर्माण पक्षले सार्वजनिक गरेको हो ।




सार्वजनिक तस्बिरहरु देखि नै चलचित्रमा निकै लोभलाग्दो दृश्यहरु समावेश गरिएको देखिन्छ । यस्तै दर्शकहरुलाई केहि हद सम्म यसले नै चलचित्र हेर्न तान्ने पनि देखिन्छ । नया बर्ष बैशाख वा जेठको महिनामा चलचित्र प्रदर्शनको तयारी गरेको निर्माण पक्षले प्रचारात्मक सामग्री भन्दै चलचित्रका अचल दृश्यहरु बाहिर ल्याएको हो । कमेडी जनरामा तयार भएको चलचित्रलाई बसन्त निरौलाले निर्देशन गरेका छन् । देश बाहिर फिल्म खिच्नु कहिल्यै पनि सहज नहुने भन्दै निर्देशक निरौलाले बेल्जियम बस्दै आएका अभिनेता श्याम श्रेष्ठ लगाएतका व्यक्तिहरुलाई सहयोगको लागि धन्यवाद समेत दिएका छन् ।



युरोप छायाँकनमा सहजता ल्याउन श्याम सँगै बेनि ढुंगाना , तेजेन्द्र कंडेल र हरी कार्कीले निरौलाको टिमलाई साथ दिएका थिए । यस्तै श्याम श्रेष्ठ र बेनि ढुंगानाको भने चलचित्रमा मुख्य भूमिका रहेको छ । निर्माण पक्षको अनुसार बेल्जियम र फ्रान्सका रमणिय दृश्यहरुको बिचमा चलचित्रको छायाँकन गरिएको छ । अभिमन्यु निरवीले लेखेको कथामा तयार चलचित्रमा मन्दिरा श्रेष्ठ , हरी कार्की र तेजेन्द्र कंडेलको लगानी रहेको छ । यस्तै दिनेश कालिराज भने चलचित्रका कार्यकारी निर्माता हुन् ।



बी.एन फिल्मस्को ब्यानरमा तयार भएको चलचित्रमा अमित श्रेष्ठ र युवराज चौलागाईंको संगीत समावेश रहेको छ । चलचित्रमा नृत्य निर्देशन भने अभिनेत्री पवित्रा आचार्यले नै गरेकी छिन् । चलचित्रको पहिलो गीत अबको केहि समयमा नै सार्वजनिक गरिने निर्देशक निरौलाले बताए ।

Comments