‘चेरिश्मा नाइट’मा काठमाडौ–पोखराका मोडलको कम्बिनेशन (फोटो फिचसहित)
screennepal
प्रकाशित: २०७४, ९ माघ मंगलवार
no img

पोखरा, ९ माघ । ‘चेरिष्मा फेशन नाईट–२०७४’ सिजन–२ मा अभिनेत्री संचिता लुइँटेल देखिइन् । पोखरामा सम्पन्न शोमा सञ्चिताले शोस्टपरको रुपमा क्याटवाक गरेकी हुन् । चेरिष्मा बुटिकद्धारा तयार गरिएको गोल्डेन एवं सिल्भर कम्बिनेशनको लेहंगामा मुस्कुराउँदै स्टेजमा उत्रिएकी उनलाई देख्नेबित्तिकै दर्शकले हुटिगं र तालिले स्वागत गरेका थिए ।


हरेक बर्ष आयोजना हुने राष्ट्रिय औद्योगिक व्यापार मेलामा गत सालदेखि ‘चेरिश्मा फेशन शो’ सुरुवात गरिएको हो । यस शोका लागि काठमाडौंबाट गएका चार पुरुष सेलेब्रेटी दिक्पाल कार्की ,निरजन थापा, एसराज कार्की, नरेन खड्का शोस्टाटरको रुपमा प्रस्तुत भएका थिए ।


नेल्शन इन्टरटेइनमेन्ट प्रालिको व्यवस्थापनमा सम्पन्न शोमा कोरियोग्राफीको जिम्मेवारी संचारकर्मी एव कोरियोग्राफर जयन सुब्बाले सम्हालेकी थिइन् ।

फेशन शोमा चेरिष्मा इम्पोरियम एण्ड बुटिककी संचालक सिता बरालको डिजाइनमा तयार गरिएका पहिरनहरुमा काठमाडौं र पोखराका महिला मोडलहरुले साडी, इभिनिंङ गाउन एव लेहेंगा गरि तीनवटा तथा पुरुष मोडलहरुले सुट, ब्लेजर एव शेरवानी गरि तीनवटा राउण्डमा प्रस्तुत भएका थिए ।


काठमांडौका मोडलहरु क्रमश दिव्या महर्जन, सोनिया विश्वकर्मा, आयुष्मा कर्माचार्य, सरिना थिङ, पाईरभ सिवाकोटी, अनिश महर्जन एव पोखराका मोडेलहरु प्रेरणा पराजुली, अलिशा जोशी, अश्मिता योगी, अशु शाक्य, दिवश, निरज पन्तलगायत मोडेलहरु आर्कषक रुपमा ¥याम्पमा प्रस्तुत भए । कार्यक्रममा पोखराका गायक एल्बिंन थापा र रितु पौडेलले गीत गाएर दर्शकलाई मनोरंजन प्रदान गरेका थिए ।


फेशन कन्सस पोखरेलीलाई फेशनबारे अझ बढी जागरुक बनाउन पूर्वसन्ध्यामा आयोजित ‘चेरिष्मा फेशन नाइट’लाई दर्शकले निकै मन पराएको नेल्शन इन्टरटेइनमेन्ट प्रालिकी म्यानेजिङ डाइरेक्टर अनिशा श्रेष्ठले बताइन् ।

Comments