लन्डनमा सम्राज्ञी र धिरजको यस्तो मस्ती
screennepal
प्रकाशित: २०७४, ९ माघ मंगलवार
no img

स्क्रिननेपाल डटकम :
केहि महिना अगाडी निर्माण घोषणा गरिएको चलचित्र “इन्टु मिन्टु लन्डनमा” को यति बेला बल्ल युकेमा धमाधम छायांकन भईरहेको छ । चलचित्रकी नायिका सम्राज्ञी राज्य लक्ष्मी शाहको पटक पटक युकेको भिजा नलाग्दा लामो समय देखि छायांकन हुन सकेको थिएन । तर अन्ततः यसपटक सम्राज्ञीले युकेको भिजा पाएपछि निर्माण पक्ष छायांकनको लागि अगाडी बढेको हो । यस्तै निर्माण पक्षले यति बेला शुटिङको केहि ताजा तस्बिरहरु सार्वजनिक गरेको छ ।

सार्वजनिक तस्बिरमा सम्राज्ञी र नायक धिरज मगरलाई रोमान्टिक अवतारमा देख्न सकिन्छ । लन्डनको मौसममा आफ्नो प्रेमभाव साटासाट गर्दै एकअर्कामा डुबेर सम्राज्ञी र धिरज हिडिरहेको तस्बिरले देखाउछ । नृत्य निर्देशक रेनेशा बान्तवा राईको निर्देशनमा तयार भईरहेको चलचित्रको ७५ प्रतिशत छायांकन सकिएको निर्माण पक्षले जानकारी दिएको छ । बचेको बाँकी छायांकन भने आगामी बसन्त ऋतुमा युकेमै छायांकन गरिने चलचित्रका निर्माता प्रज्वल राणाले बताए ।

चलचित्रमा सम्राज्ञी र धिरज बाहेक नायक सारुक ताम्राकारको पनि मुख्य भूमिका रहेको छ । उनले केहि समय अगाडी प्रदर्शन भएको चलचित्र “रानी” देखि रजतपटमा डेब्यु गरेका थिए । चलचित्रको कथा भने निर्देशक रेनेशा बान्तवा राई र अभिमन्य दिक्षित मिलेर लेखेका हुन् । चलचित्र २०१८ को मध्यतिर रिलिज गरिने कुरा निर्माण पक्षले जानकारी दिएको छ । चलचित्र युवा पुस्तामा आधारित रहेको र पुरानो र मोडर्न संस्कृतिको वास्तविकमा चलचित्र निर्माण भएको कुरा पनि निर्देशक राईले बताएकी छिन् ।

Comments