सक्यो ‘राजेन्द्र लक्ष्मी’
screennepal
प्रकाशित: २०७४, ९ माघ मंगलवार
no img

काठमाडौं, ९ माघ । ख्वापा नाट्य समुहले शिल्पी नाटकघरमा मञ्चन गरेका नाटक राजेन्द्र लक्ष्मी सकिएको छ ।
पुष २५ गते देखि मञ्चन सुरु गरेको राजेन्द्र लक्ष्मी माघ २ गते सकिएको हो । प्रचण्ड मल्लद्धारा लिखित नाटकलाई प्रदिप खड्गी पासाले निर्देशन गरेका हुन् ।


पृथ्वी नारायण शाहले गरेको एकिकरण अभियानलाई नायवी राजेन्द्र लक्ष्मीले निरन्तरता दिएकी थिइन । उनले लमजुङ,तनहु, गोरखा आक्रमण गरेको इतिहासलाई नाटकमा देखाइएको थियो । नारि पनी कमजोर हुदैनन् भन्ने भाव नाटकले देखाउन खोजेको छ । नारि पनी युद्धमा होमिएर बिजय प्राप्त गर्छन भनने कुरा नाटक मार्फत देखाइएको हो ।

नाटकका निर्देशक प्रदिप खड्गीले बताए । अहिले देशमा राष्ट्रपती बिद्यादेवि भण्डारी पनी एउटा नारि हो । जो देश हाक्न सक्ने नारिका रुपमा लिन सकिन्छ । नाटकले राष्ट्रप्रेम, सद्भाव र देशका प्रजालाई माया गर्नुपर्छ । परि आएको खण्डमा नारि युद्धमा होमिएर देशलाई बचाउन सिकन्छ भनेर सन्देश दिएको छ ।

त्यसैले यो नाटकलाई हामीलाई मञ्चन गरेको प्रदिपले बताए । यो नाटक स्वर्गिय राजा बिरेन्द्रले २०५८ सालमा हाल रहेको संसदिय भवनमा हेरेका थिए । जस बेला लेखक प्रचण्ड मल्लले नै निर्देशन गरि उक्त नाटक मञ्चन भएको थियो । राजा बिरेन्द्रले हेरेको अन्तिम नाटकसमेत हो ।
यो नाटकमा मूख्य भुमिका अर्थात राजेन्द्र लक्ष्मीको एना देउजा रहेकी थिइन । उनको अभिनय तारिफ योग्य नै रहेको थियो ।

त्यस्तै अन्य कलाकारहरुमा हेमन तन्डुकार ,अर्जुन बोहोरा , सुरज सुबेदी ,दिलिप बिष्ट ,सञ्जय माली ,सुरेन्द्र कटवाल ,लेविदत्त थापा ,अस्मिता पौडेल ,दिपेश काफ्ले ,केशव सिंह ठगुना,आयुष  कुरेल,महेश पौडेल,किरण चापागाई, युनिषा गुरु«ङरोहित खत्री,अनिषा कोइराला म्राटिना दिक्रुज, बिनोद पौडेल रहेका छन् ।

Comments