“मिस्टर भर्जिन” को गीतमा छुल्थिमको यस्तो रुप
screennepal
प्रकाशित: २०७४, ९ माघ मंगलवार
no img

स्क्रिननेपाल डटकम :
केहि समय अगाडी निर्माण घोषणा सहित फ्लोरमा गएको चलचित्र “मिस्टर भर्जिन” को सम्पूर्ण छायांकन सकिएको छ । यति बेला भने चलचित्रको पोस्ट प्रोडक्सनको कामहरु भईरहेको छ । केहि दिन अगाडी मात्र एक आईटम गीत खिच्दै चलचित्रको ईन्डक्ल्याप गरीएको हो । चलचित्रको उक्त आईटम गीतमा नायिका छुल्थिम गुरुङको नृत्य रहेको छ । छुल्ठिम सँगै गीतमा नायक गौरव पहारी र कमलमणि नेपालले पनि ठुम्का लगाएको देख्न सकिने छ ।

१ करोड लागतमा निर्माण भएको यो चलचित्रले तीन युवाको यौन मनोविज्ञानको कथा बोल्छ । चलचित्रमा गौरव र कमलमणीका अलावा मरिष्का पोखरेल , भोलाराज सापकोटा , विजय बराल , रविन्द्र झा , सागर ढकाल , सिर्जना सुब्बा लगायतका कलाकारको पनि अभिनय रहेको छ । चलचित्रमा महेश दवाडीको कथा , रामेश्वर कार्कीको छायांकन , विक्रम स्वाँर र दीपकमान सिंहको कोरियोग्राफी र सुरज पण्डित , श्रीकृष्ण बम मल्ल , बुलेट फ्लो , आधा सुर , आर जे र मिस्टर प्रिन्सको संगीत समावेश रहेको छ ।

२०७५ सालको बैशाखको अन्तिम साता प्रदर्शनमा ल्याइने भनिएको चलचित्रलाई वल्र्ड वाइड फिल्म्स डिस्ट्रिव्यूसन प्रा.लीले निर्माण गरेको हो । चलचित्रमा खिलेन्द्र तिमल्सिना , प्रजापती सिवाकोटी , मुकेश रेग्मी र बिशारद बस्नेतको लगानी रहेको छ भने सह-निर्मातामा सन्दिप उप्रेती रहेका छन् ।

Comments