दुई प्रतियोगिताकै ट्यालेण्ट शो (फोटो फिचरसहित)
screennepal
प्रकाशित: २०७४, ८ माघ सोमबार
no img

काठमाडौं, ८ माघ । एएनपी मिडया हाउसले राजधानी एकसाथ ‘मिस कलेज आइकन–२०१८’ र ‘लिटिल आइकन नेपाल–२०१८ आयोजना गर्दैछ ।

आउँदो माघ १६ गते जमलस्थित राष्ट्रिय नाचघरमा हुने यी दुबै प्रतियोतिाअन्र्तगतको ट्यालेण्ट उपाधिका लागि ट्यालेन्ट राउण्ड गरिएको छ ।
ट्यालेण्ट राउण्डमा ‘मिस कलेज आइकन–२०१८’ र ‘लिटिल आइकन नेपाल–२०१८’ दुबै प्रतियोगिताका प्रतियोगीहरुले नृत्य, गायन, वक्तत्वकला, नाटक र चित्रकला प्रस्तुत गरेर निर्णायक तथा अभिभावकहरुको मन जित्ने कोशिश गरेका थिए ।


ट्यालेण्ट राउण्डमा कलाकार शितल केसी, पुर्णीमा लामा, राज लुईटेल, गायिका रीता केसी, पबित्रा आचार्य र रबि सुवेदी निर्णायक रहेका थिए। एएनपी मिडिया हाउसका अध्यक्ष लब कार्कीका अनुसार ट्यालेण्ट उपाधिको विजेताको घोषणा भने अन्तिम प्रतिस्पर्धाकै दिन हुनेछ। मिस कलेज आइकन २०१८ मा अनिसा पोखरेल, सगुन खड्का, अनिसा देउला, युनिसा बजगाई, वृक्षा सिलवाल, गोमा परियार, सलु चौधरी, सिरिन गुरुङ, मिना तामाङ, डोल्मा वाइबा, प्रकृति कार्की, श्रेता बलामी, ऐन्जलि चित्रकार, रोसनि राई, निर्मला पुरी, अश्मी शाक्य, दिपा मगर, सुमि महर्जन, शिस्मा आर्चाय र शान्ता कटुवाल गरी १९ जनाले प्रतिस्पर्धा गर्दैछन् ।


त्यसैगरी लिटिल आइकन नेपालमा त्रिशना नगरकोटि, प्रमिसा राई, रेनुका मगर, कामना राई, रीजु वांङ, अक्क्षता गुरुङ, अनुस्का तामाङ, अदिती चामलिङ्ग राई, ग्रीवा घिमीरे, सलीना गुरुङ, कुसुम लिम्बु, मन्जली शाहा, प्रश्म्षा गुरुङ, शुसीना बराईली, सोनी लामा, सुबीना श्रेष्ठ, श्रेया लिम्बु, निशा लामा, अन्जली शाह, दीया खड्की, प्रियंका थापा मगर, सोनिया राई, रोसनी कार्की, बिनिता पुन, प्रेरना बिक, सुस्मीता लिम्बु, वर्षा श्रेष्ठ, सफलता अर्याल, दक्षिना राई, हन्नाह श्रेष्ठ, रागिना शाही, यांकी सिलवाल, रीया राई, लक्ष्य झा, जेनिस शाक्य, निश्चल श्रेष्ठ, अमीर वाईवा, सिहाङ राई, रेडिक्स माली र रौनक चौधरी गरी कुल ४१ जना बालबालिकाले स्पर्धा गर्दैछन्।

Comments