आईआईएफटीको पहिरनमा ‘सुपर मोडल नेपाल’ प्रतियोगी (फोटोफिचर)
screennepal
प्रकाशित: २०७४, ६ माघ शनिबार
no img

काठमाडौं, ६ माघ । ‘अष्ट्रेलियन एजुकेशन कन्सल्टिङ द सुपर मोडल नेपाल–२०१८’ का प्रतियोगीहरु शुक्रबार आईआईएफटी बागबजारका बिद्यार्थीहरुले तयार गरेको आर्कषक पहिरनमा देखिए । प्यासिफिक इभेन्टले आयोजना गरेको प्रतियोगितामा ४५ जना मोडलले सहभागिता जनाएका थिए । उनीहरुका लागि अफिसियल पहिरन डिजाइन फेसन कलेज आईआईएफटीले गरेको थियो ।


हाल फेसन डिजाइनिङ कोर्ष गरिरहेका बिद्यार्थीले तयार गरेको पहिरनमा मोडलहरु एकसेएक देखिएका थिए । यस वर्षको ‘सुपर मोडल नेपाल’ बन्न प्रतिस्पर्धामा उत्रिएकाहरु मध्ये अभिलाषा शर्माले बाजी मारेकी छन् । मोडलहरुको आर्कषक -याम्पसँगै कार्यक्रममा गीतसंगीत र नृत्य पनि प्रस्तुत गरिएको थियो । कार्यक्रममा गायक रुकमान लिम्बू, गायिका प्रकृति थलङ र मोडल तथा अभिनेत्री निशा पोमुले दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए । यस इभेन्टका अध्यक्ष तेञ्जिङ शेर्पा हुन् ।
कार्यक्रमको संयोजत्व भने सर्दशन सुबेदीले गरेका थिए । तस्बिर सौजन्य  :तस्बिर स्टुडियो, बागबजार

Comments