अभिलाषा भइन् ‘सुपर मोडल नेपाल’
screennepal
प्रकाशित: २०७४, ६ माघ शनिबार
no img

काठमाडौं, ६ माघ । ‘द सुपर मोडल नेपाल–२०१८’को उपाधि अभिलाषा शर्माले जितेकी छन् । शुक्रबार राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न प्रतियोगिताको अन्तिम प्रतिस्पर्धामा ४४ जनालाई उछिन्दै अभिलाषाले उपाधि आफ्नो शिरमा पारेकी हुन् ।
अभिलाषाले शीर्ष उपाधिसहित नगद २५ हजार तथा विभन्न गिफ्ट ह्याम्पर प्राप्त गरेकी छन् । उनले फोटोजेनिक सवटाइटल पनि आफ्नो पोल्टामा पारिन् ।


प्यासिफ़ीक इभेन्ट मेनेजमेन्टद्वारा आयोजित प्रतियोगिताको यस दोस्रो संस्करण हो । यस संस्करणमा फस्ट रनरअप देश्ना केसी भए भने सेकेण्ड रनरअपको उपाधि साइरा घिमिरेले जिेकी छन् । उनीहरुले पनि उपाधिसहित विभिन्न गिफ्टह्याम्पर प्राप्त गरे ।
यस अन्तिम प्रतिस्पर्धामा फोटोग्राफर राजभाई सुवाल, होम दवाडी, डा. बिजेशराज घिमिरे, उज्वलकृष्ण श्रेष्ठ, ¥यापर निर्णय श्रेष्ठ, अधिवक्ता लक्ष्मण महर्जन, भरत आचार्य र मिलन शाक्य निर्णायक थिए ।


रोजिन शाक्यको कोरियोग्राफी रहेको यस ‘द सुपर मोडल नेपाल’मा विभिन्न सवटाइटल पनि प्रदान गरिएको थियो । जसमा सुजातन खत्री मिस पर्सनालिटी, जिना तामाङ मिस बेस्ट वाक, सुस्मिता शाक्य मिस डिसिप्लिन, प्रनिशा पोखरेल बेस्ट फिगर र संस्कृति पौडेल फेण्डशीप भए ।


त्यस्तै, प्रतियोगितामा रश्ना मर्हजन मिस स्माइल, लोप्साङ लामा, बेस्ट स्किन, सुप्रिया थापा बेस्ट स्टाइलिस्ट, प्रमिला सिलवाल बेस्ट डे«स र निलिशा शाहीले मिस कन्फिडेन्ट उपाधि पाए ।


सदर्शन सुबेदीको इभेन्ट संयोजत्वमा आयोजित कार्यक्रममा गायक रुकमान लिम्बू र गायिका प्रकृति थलङले गीतसंगीत प्रस्तुत गरेर उपस्थित दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए ।

रुकमानले ‘तिमीलाई म के भनुँ’ बोलको गीत प्रस्तुत गर्दा दर्शक मन्त्रमुध्न भएका थिए भने गायिका प्रकृतिले ‘उड्दै छ यो मेरो मन’ र ‘बादलसँगै’ बोलको गीत प्रस्तुत गरेर दर्शकको मन जित्न सफल भइन् । रुकमान र प्रकृतिको गीतमा मन्त्रमुध्न भएका दर्शक मोडल तथा अभिनेत्री निशा पोमु लिम्बूको नृत्यले गर्माएको थियो । आयोजक संस्थाका अध्यक्ष फपु तेन्जिङ शेर्पाका अनुसार कार्यक्रम सोचभन्दा सफल भएको छ ।

Comments