भोजराजको शब्दमा मेलिनाको ‘विते कति रात…’
screennepal
प्रकाशित: २०७४, ६ माघ शनिबार
no img

विराटनगर, ६ माघ । पछिल्लो समयकी चर्चित गायिका मेलिना राईद्वारा स्वरबद्ध ‘बिते कति रात’ बोलको गीत तथा भिडियो सार्वजनिक भएको छ ।
सार्वजनिक गीतमा नेपाल प्रहरी महानगरीय प्रहरी वृत्त सिंहदरबारमा कमर्यरच प्रहरी निरीक्षक भोजराज पाण्डेको शब्द रचना रहेको छ । ‘बिते कति रात’ गीतमा सुदुर–पश्चिमको मौलिकता समेटिएको छ । शब्दभाव जति उत्कृष्ट छ, त्यति नै कलात्मक भिडियो पनि ।
नेपाल प्रहरीमा रहेर राष्ट्रको सेवा गर्दै आएका गीतकार भोजराजले यस गीतलाई निकै महत्वपूर्ण रुपमा लिइएको छ । भिडियोमा रोजगारीको विषयलाई ढंगलेसमेटिएको छ ।
भोजराजको शब्दरचनालाई संगीत संयोजन नविन श्रेष्ठले गरेका हुन् । भिडियोमा आशा खड्का, अमन श्रेष्ठ, र अनमोलको अभिनय छ । यस भिडियोलाई बविता श्रेष्ठले निर्देशनमा गरेकी हुन् ।

Comments