पाण्डे र कार्कीलाई ‘प्रिन्स एण्ड प्रिन्सेस’ उपाधि
screennepal
प्रकाशित: २०७४, ४ माघ बिहीबार
no img

काठमाडौं, ४ माघ । ‘चौथो किण्डरगार्डेन प्रिन्स–प्रिन्सेस नेपाल–२०१८’को शीर्ष उपाधी प्रोमिनेन्ट किड्सकी आधिरा जस्सु पाण्डे र केटाकेटी पाठशाला स्कुलमा अध्ययनरत आरुज कार्कीले जितेका छन् ।


आरके फेसन एजुकेसन एण्ड इन्टरटेनमेन्ट ग्रुपद्वारा राजधाजनीमा आयोजित कार्यक्रममा २५ प्रतिस्पर्धी थिए । जसमा प्रथम किन्डरगार्डेन प्रिन्स–प्रिन्सेसमा पाण्डे र कार्कीलृे उपाधि आफ्नो पोल्टामा पारेका हुन् ।


निशा आचार्यको कोरियोग्राफीमा सम्पन्न प्रतियोगितामा शीर्ष विजेतालाई नगदसहित एक बर्षको छात्रबृत्ति प्रदान गरिएको छ ।
त्यस्तै, कार्यक्रममा फस्ट रनरअप प्रिन्स अभय शाही र प्रिन्सेस आशिया थापा तथा सेकेन्ड रनरअप प्रिन्स श्रीयन घिमिरे र प्रिन्सेस सजना श्रेष्ठ भए ।
स–साना बालबालिकाहरुको प्रतिभा तथा शिक्षामूलक यस प्रतियोगिताका आयोजक संस्थाका निर्देशक लक्कीराम केसी भने, ‘यो कार्यक्रममा विशुद्ध बालकालिका तथा शिक्षामूलक हो ।’

Comments