युवा गायक डी.बि लिम्बुको नया गीत यस्तो……..भिडियो सहित
screennepal
प्रकाशित: २०७४, ४ माघ बिहीबार
no img

स्क्रिननेपाल डटकम :
पूर्वेली गायक डी.बि लिम्बुको नया गीत सार्वजनिक भएको छ । हुन त उनको यो भन्दा अगाडी धेरै गीतहरु सार्वजनिक भईसकेको छ । ति मध्य केहि सेन्टिमेन्टल र रोमान्टिक गीत रहेका थिए । तर यसपटक भने उनले लोक भाका शैलीको गीत सार्वजनिक गरेका छन् । “माथी हेर्यो डाँडा हजुर” बोलको सार्वजनिक उनको गीतमा दिपेन्द्र अधिकारीको शब्द र सी.डी विजय अधिकारीको संगीत रहेको छ । यस गीतमा स्वयम गायक डी.बि लिम्बुले स्वर दिएका छन् ।

अरु गीत भन्दा यसपटकको उनको गीत धेरै फरक देखिन्छ । निकै छोटो समयमा यस किसिमको प्रयासले उनको अगाडिको यात्रा निकै राम्रो हिसाबले हुने देखिन्छ । यति बेला उनले सार्वजनिक गरेको गीत उनको पहिलो एल्बम सुरुवात देखि साभार गरिएको हो । उमेरको हिसाबले भन्ने हो भने उनि अहिले युवा नै हुन् । धेरै लामो समयको मेहेनत पछि उनि अहिलेको अवस्थामा आइपुगेको उनि बताऊछन् । नेपाली गीत संगीतमा उनको यात्रा लामो छ । तर अझै पनि आफु सिक्ने क्रममै रहेको उनको भनाई रहेको छ ।

यस्तै उनले अहिले सम्म आफुलाई साथ दिनुहुने सम्पूर्ण मित्रजन र दर्शक श्रोताहरुलाई धन्यवाद समेत ज्ञापन गरेका छन् । एक पछि अर्को गीत सार्वजनिक गरेका गायक डी.बि लिम्बुले आगामी दिनमा पनि निरन्तर यस्तै प्रस्तुति पेश गरिरहने बताए । यस्तै उनले आफ्नो प्रस्तुति हेरेर प्रतिक्रियाको साथमा सल्लहा सुझाब र अगाडी बढ्ने हौसला समेत प्रदान गरिदिनुहुन सबैलाई अनुरोध पनि गरेका छन् ।

हेर्नुस भिडियो :

Comments