“चङ्गा” को निर्माण घोषणा , बुद्धि तामाङको मुख्य भूमिका
screennepal
प्रकाशित: २०७४, ३ माघ बुधबार
no img

स्क्रिननेपाल डटकम :
राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्र “चङ्गा” को निर्माण घोषणा गरिएको छ । कमेडी जनरामा निर्माण हुने बताईएको यस चलचित्रमा बुद्धि तामाङ , कमलमणी नेपाल , अंकित खड्का , लक्ष्मी वर्देवा , राजन खतिवडा , जीवन भट्टराई लगायतका कलाकारहरुको अभिनय रहने छ । तर चलचित्रमा मुख्य भूमिकामा भने बुद्धि तामाङको अभिनय रहने छ । पछिल्लो समय उनको लोकप्रियता निकै बढ्दो छ । चलचित्रलाई हास्यकलाकार किशोर भण्डारी (डिट्ठा साब) को निर्देशन गर्दैछन् । यस्तै चलचित्रको कथा पनि उनले नै लेखेका हुन् ।

यस्तै चलचित्रको रिलिज मिति पनि अहिले नै तय गरिएको छ । निर्माण पक्षको अनुसार चलचित्र २०७५ को जेठ ११ गते देखि प्रदर्शन हुनेछ । चलचित्रलाई रिश्मा तिमिल्सिनाले निर्माण गर्न लागेकी हुन् । यस्तै प्रकु पाण्डे भने चलचित्रको कार्यकारी निर्माता हुन् । रविन आचार्यको छायांकन रहने चलचित्रमा राजनराज सिवाकोटी र कमल खत्रीको संगीत रहने छ ।

Comments