सारिकालाई दिक्पालले हाले सोडा (भिडियोसहित)
screennepal
प्रकाशित: २०७४, ३ माघ बुधबार
no img

काठमाडौं, ३ माघ । ‘के देखेर माया लायौ….’ गीतको भिडियोले चर्चा पाइरहँदा नायिका तथा गायिका सारिका घिमिरेले ‘मुखै चिसो बनायो मुलको पानीले…’ गीतको भिडियो स्रोतारदर्शकमाझ ल्याएकी छन् ।
केही समयअघि सार्वजनिक सारिकाको ‘मोहनी’ एल्वममा समावेश ‘मुखै चिसो बनायो मुलको पानीले…’ गीतको भिडियो सार्वजनिक गरेकी हुन् । सञ्चारकर्मी शान्तिप्रियको शब्द रहेको यो गीतमा दीपक शर्माको संगीत रहेको छ ।
राजधानीको वल्र्ड ट्र्ड सेन्टरमा छायाँकन गरिएको गीतको भिडियो निक्कै राम्रो बनेको छ । मिसन इन्टरटेन्मेन्टको प्रस्तुति रहेको ‘मुखै चिसो बनायो मुलको पानीले‘’लेमा राजन लामाको छायाँकन, रुद्र बोहराको निर्देशन र सन्तोष भारद्वाजको सम्पादन रहेको छ । गीतको भिडियोमा बी गोर्खाली ब्योजसँग दिक्पाल कार्की र सारीकाले रोमान्स गरेका छन् ।
थुप्रै चलचित्रबाट दर्शकको मन जित्न सफल उनले अभिनेत्री घिमिरे गायन क्षेत्रमा पनि छोटो समयमा नै चर्चा कमाउन सफल भएकी छन् । गीत सङ्गीतको औपचारिक शिक्षा समेत लिएकी उनको स्वरमा मिठास रहेको छ भने गीतको भिडियो पनि राम्रो बनेको छ । ‘मेरा सार्वजनिक गीतले राम्रै चर्चा पाइरहेका छन् अब गायन र अभिनय दुवै क्षेत्रलाईसँगै अघि बढाउनछु’, सारिकाले भनिन् ।

Comments